भीमफेदी र बागमती सेमिफाइनलमा, रेफ्रिमाथि दुव्र्यवहार

साझाकुरा
२०७९ चैत्र ८, बुधबार ११:१०

हेटौंडा-हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार दुई खेल भएका छन् । दुई खेलमा भीमफेदी गाउँपालिका र बागमती गाउँपालिकाले जित निकालेको छ ।भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाबीच भएको खेलमा विजेता सडनडेथबाट टुंगो लगाइएको हो । निर्धारित समय ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । भीमफेदीका लागि सविन घलेले ४० औं मिनेटमा, रामराज शाहीले ६३ औं मिनेटमा र सागर थापाले ७५ औं मिनेट गोल गरेका थिए । मनहरीका लागि मनिष पौडेलले १३ र ३९ मिनेटमा दुई गोल गरे । रवि लोले १७ औं मिनेटमा मनहरीका लागि गोल गरेका थिए । टाइब्रेकरमा पनि ४–४ गोल बराबरी भएपछि विजेता सडनडेथबाट टुंगो लागेको हो ।

टाइब्रेकरमा भीमफेदीबाट रामराज शाही, नेक्शन थापा मगर, सागर थापा, सविन घोलेले गोल गर्दा अर्पण घलान चुक्न पुगे । मनहरीका लागि मनिष पौडेल, विकल उप्रेती, सुदीप सापकोटा र अविनाथ खड्काले गोल गर्दा रवि लोको प्रहार गोल हुन सकेन् । सडन डेथमा भीमफेदीका सुमन लामाले गोल गरे । मनहरीका समन थिङको प्रहार पोष्ट बाहिर गएपछि विजेता बन्दै भीमफेदी सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो खेल थाहा नगरपालिका र बागमती गाउँपालिकाबीच भएको थियो ।बागमती गाउँपालिकाले थाहा नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै बागमती गाउँपालिका सेमिफाइन पुगेको छ । थाहा र बागमतीको खेलमा एन्फा रेफ्रि अकिललाल श्रेष्ठमाथि दुव्र्यवहार भएको छ ।

श्रेष्ठको निर्णयमाथि असन्तुष्टि जनाउँदै थाहा नगरपालिकाको खेलाडीहरुले प्लेयर बक्सका भएका कुर्सी भाच्नेदेखि रेफ्रि श्रेष्ठमाति हातपात प्रयास भएको हो । खेलमा बागमती गाउँपालिकालाई दिएको पेनाल्टीको विषयमा थाहा खेलाडीहरुले विवाद झिकेका थिए । विवादलाई उग्र रुप दिँदै थाहाका खेलाडीहरु रेफ्रि श्रेष्ठमाति हातपात गर्न पुगेका थिए । रेफ्रि श्रेष्ठले दुव्र्यहार गर्ने थाहा नगरपालिकाको टिम र खेलाडीमाथि कारबाहीका लागि जिल्ला खेलकुद विकास समितिमा निवेदन दिने तयारी गरेका छन् ।

अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता ११ चैतसम्म हुनेछ । प्रतियोगिताको आयोजना जिल्ला समन्वय समिति मकवानपुर र व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको हो । प्रतियोगिता अन्तर्गत् सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*