भीमफेदीमाथि हेटौंडाको गोल वर्षा

साझाकुरा
२०७९ चैत्र ९, बिहीबार १२:२९

हेटौंडा-हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् बुधवारको पहिलो सेमिफाइनल खेलमा गोल वर्षा भएको छ । हेटौंडा उपमहानगरपालिकाले भीमफेदी गाउँपालिकालाई एउटै खेलमा ७ गोल गरेको छ । हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा भीमफेदीले १ सान्त्वना गोल मात्रै फर्कायो । अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगितामा ७ गोलको फराकिलो अन्तरको जित पहिलो हो । हेटौंडाले प्रितम स्याङ्बोको ह्याट्रिकमा भीमफेदीमाथि गोलको वर्ष गरेको हो । स्याङ्बोको ह्याट्रिक प्रतियोगिताकै पहिलो पनि हो । उनले खेलको २१, ३५ र ७६ औं मिनेट ह्याट्रिक पूरा गरे । हेटौंडालाई विनोद तामाङले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । उनले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै व्यक्तिगत दोस्रो र टिमका लागि चौथौ गोल गरे । हेटौंडाका लागि ऋषि मोक्तानले ६३ र ८० मिनेटमा गोल थपेका थिए ।

भीमफेदीका लागि सविन घोलेले दोस्रो हाफको दुई मिनेटमै सान्त्वना गोल गरे । खेलको म्यान अफी दी म्याच ह्याट्रिककर्ता स्याङ्बो घोषित भए । बकैया गाउँपालिकालाई हराएर अन्तिम चारमा पुगेको हेटौंडाले पुनः नित निकाल्दै फाइनल यात्रा तय गरेको छ । प्रतियोगिताको पहिलो संस्करणमा हेटौंडा उपविजेतामा सीमित बनेको थियो । अघिल्लो संस्करणमा थाहा नगरपालिकाले हेटौंडालाई हराएको थियो । थाहा नगरपालिका मंगलबार बागमती गाउँपालिकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत् आज बिहीवार मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । मकवानपुरगढी गाउँपालिकाले इन्द्रसरोबर गाउँपालिकालाई हराउँदै सेमिफाइनमा पुगेको थियो ।

अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता ११ चैतसम्म हुनेछ । प्रतियोगिताको आयोजना जिल्ला समन्वय समिति मकवानपुर र व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको हो । प्रतियोगिता अन्तर्गत् सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*