मकवानपुरे सर्जक गौतमले ल्याए ‘सीमाना’ गीत

साझाकुरा
२०८० बैशाख ३, आईतवार ०८:०९

हेटौंडा- मकवानपुरका साहित्यकार दीपक गौतमको ‘सीमाना’ गीत सार्वजनिक भएको छ । गौतमले ‘सीमाना’ शीर्षकको ‘मेची जगाऔँं, महाकाली जगाओैँ’ बोलको गीत ल्याएका हुन् ।चर्चित गायक रामकृष्ण ढकालको स्वरमा रहेको भिडियोसहितको गीत गौतमले आफ्नै नामको युट्युब च्यानलमार्फत् सार्वजनिक गरे । दुई वर्षअघि रेकर्ड गरिएको देशभक्ति भावको गीतको भिडियो तयारीका लागि केही समय लागेकाले गीत सार्वजनिक गर्न बिलम्ब भएको गीतकार गौतमले जानकारी दिए ।

गीतमा नेपालले सुगौली सन्धिको क्रममा गुमाएको भूमि फिर्ता पाउनुपर्ने र आफ्नो देशको सीमारक्षाका लागि हरेक देशभक्त नेपाली नागरिक जागरुक भई लाग्नुपर्ने देशभक्त एवम् क्रान्तिकारी विचार अघि सारिएको छ ।गीतकार गौतमको शब्दरचना रहेको उक्त गीतमा रामकृष्ण ढकालको स्वर र तुलाराम थापाको संगीत संयोजन रहेको छ ।

किशोर बालबालिकाहरुको नेतृत्वमा रहेको संस्था नवसर्जक साहित्य चौतारी नेपालका संरक्षकसमेत रहेका गौतमले चौतारीकै चियापान कार्यक्रमका क्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार रमेशमोहन अधिकारी र नवसर्जककी अध्यक्ष प्रसन्ना चौलागाईँले संयुक्त रुपमा किताबघर, हेटौंडामा गीत सार्वजनिक गरेका हुन । म्युजिक भिडियो प्रस्तुतिपश्चात् कवि, गीतकार एवम् संगीतकार पुरुषोत्तम आचार्यले गीतप्रतिको समीक्षात्मक टिप्पणी राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*