१२ वर्षे ऐतिहासिक ‘लालहीरा नाच’

साझाकुरा
२०८० बैशाख १०, आईतवार ०९:११

हेटौंडा- हेटौंडामा पहिलो पटक नेवारी संस्कृतिमा चर्चित रहेको लालहीरा नाच प्रर्दशन भएको छ । देवनगर देउला टोल विकास समति हेटौंडा–८ को आयोजनामा भएको देउला पूजा समारोहको अवसरमा देवनगर टोलमा नाच प्रर्दशन भएको हो ।शुक्रबार साँझबाट सुरु भएको लालहीरा नाच शनिबारसम्म चलेको थियो । जिल्लाको उत्तरी क्षेत्रस्थित चित्लाङबाट आएको सांस्कृतिक समूहले नाच प्रर्दशन गरेका थिए ।

नेवारी परम्परा तथा संस्कृति जगेर्ना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको टोल विकास सस्थाका अध्यक्ष शंकर देउलाले जानकारी दिए । लालहीरा नाच कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठले देउला समाज परापूर्व कालबाट अस्थित्वमा रहेको लालहीरा नाचलाई हेटौंडामा प्रर्दशन गरेर कला संस्कृति क्षेत्रको जगेर्ना गरेको बताए ।

नयाँ पुस्तालाई आफ्नो कला, संस्कृतिको विषयमा जानकारी दिनु प्रशंसनीय काम भएको उनको भनाई छ । हेटौंडा–८ को देवनगरमा रहेको मन्दिरबाट झाँकीसहित कार्यक्रम स्थलमा पुगेर सांस्कृतिक प्रर्दशनी गरिएको थियो । कार्यक्रममा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा नम्बर–४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नम्बर–८ का निवर्तमान वडाध्यक्ष गोपाल श्रेष्ठसहित स्थानीय राजनीतिज्ञ तथा समाजसेवीको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*