शिक्षामा पर्याप्त बजेट बिनियोजन गरौंः वडाध्यक्ष सिग्देल

साझाकुरा
२०८० बैशाख १५, शुक्रबार ०९:१८

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाअध्यक्ष नवीन सिग्देलले शिक्षा, स्वास्थ्य र रोजगार साझा र अनिवार्य अधिकार भएको बताएका छन् । नारी संरक्षण केन्द्रद्वारा अतिविपन्न वर्ग तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै उनले शिक्षामा बजेट विनियोजन पर्याप्त हुनुपर्ने र गुणस्तर कायम गर्न स्थानीय सरकारले ध्यान दिन पर्ने बताए । अध्यक्ष सिग्देलले देश र समाज विकासको आधार शिक्षा भएकोले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै भौतिक विकासको साथै सामाजिक र मानवीय विकासमा ध्यान दिनपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा भुटनदेवी, आधुनिक, अमर, बालबोध, जनप्रिय, प्रगति, ज्योति, सोलिड्यारिटी, मकवानपुर बालविद्यासदन माविका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीहरु ब्याग, ३ दर्जन जिस्ता कपी, क्याल्कुलेटर, पेन्सिल २ दर्जन, पेन २ दर्जन, जोमेक्टी बकस १ थान, एक दर्जन ईलेजर, सफनर, स्केल वितरण गरिएको नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक जेरोम घलेले जानकारी दिए । कार्यक्रम बालगृह सञ्चालक समितिका सदस्य दिलिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी वाईवा, कोशिश मकवानपुरकी शकुन्तला पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*