राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा ११ सभापतिमा सुवेदी

साझाकुरा
२०८० बैशाख १७, आईतवार ११:१९

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा ११ नम्बर वडा इकाइ समितिको शनिबार सम्पन्न वडाभेलाले सुवोध सुवेदीलाई सभापति पदमा सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पहिलो पटक हेटौंडा–११ मा वडा समिति गठन गरेको हो । पार्टी जिल्ला संयोजक भरत पराजुलीको अध्यक्षतामा वडा समिति गठन गरिएको हो ।

नवनिर्वाचित १३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष चन्द्र डंगोल, सचिव सन्तोष खत्री, कोषाध्यक्ष शान्ति थापा बिडारी रहेका छन् । यसैगरी सदस्यहरुमा सतिकला बिक, निरोज सापकोटा, कल्पना श्रेष्ठ, उमा आचार्य, रामकुमार बजगाइँ, रीता शिवाकोटी, प्रेम बहादुर स्याङ्तान, नमराज दाहाल चयन भएको बताइएको छ । नवनिर्वाचित समितिमा ६ जना सल्लाहकारसमेत रहेको अध्यक्ष सुवेदीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*