छोराको जन्मदिनमा विद्यार्थीलाई ट्रयाक सुट

साझाकुरा
२०८० बैशाख १८, सोमबार १०:४८

हेटौंडा- भीमफेदी गाउँपालिका–९, स्थित लेकाली बसिफाँटका विद्यार्थीहरुलाई एक दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसरमा न्यानो कपडा ट्रयाक सुट दिएका छन् । विद्यालयमा अध्यनरत् ६० जना विद्यार्थीहरुलाई काठमाडौं कीर्तिपुर बस्ने हरिकृष्ण बस्नेत र रमा बस्नेत दम्पतीले कपडा सहयोग गरेको हो । आफ्नो छोरा सञ्जय बस्नेतको जन्मदिनको अवसर पारेर विद्यालयको लोगो र नामसहितको ट्रयाक सुट वितरण गरेको विद्यालयका प्रधानाध्यापक एलएल मण्डलले जानकारी दिए । बस्नेत दम्पतीले विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी महसुश भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जन्मदिन वा विभिन्न बहानामा पार्टी प्यालेस गएर पैसा उडाउने चलनले प्रश्रय पाइरहेको अवस्थामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने प्रअ मण्डलको विश्वास छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोदकुमार लामाले विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सहयोगको निरन्तरता दिन आग्रह गर्दै बस्नेत दम्पतीलाई धन्यवाद दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*