मजदुर दिवसमा खाद्यान्न सहयोग

साझाकुरा
२०८० बैशाख १९, मंगलवार १०:१०

हेटौंडा-व्यापार कर्मचारीहरुको साझा संस्था युनिकम नेपाल मकवानपुरले श्रमिक दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ ।१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार हेटौंडामा खाद्यान्न वितरण गरिएको हो । युनिकम नेपाल मकवानपुरले अभिभावकविहीन बालबालिका संरक्षण गर्दै आइरहेको मामाघर नेपाललाई चामल, चिउरा, सोयाविन, चाउचाउ, विष्कुट, तेललगायत खाद्यान्न वितरण गरिएको नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालका अध्यक्ष लेखनाथ गैह्रेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*