मकवानपुरले जित्यो गोलबजार गोल्डकप

साझाकुरा
२०८० बैशाख २०, बुधबार १७:५८

हेटौंडा-सिराहाको गोलबजारमा भएको गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिता मकवानपुर–११ टिमले जितेको छ ।मकवानपुरले सहलेस युवा क्लव सर्लाहीलाई ३–१ ले हराउँदै छैठौं संस्करणको गोलबजार मेयर गोल्डकप उपाधि जितेको हो । मकवानपुरका लागि समिर तामाङ, अभिषेक लामा र सुजन गुरुङले एक–एक गोल गरे । खेलको ८ औं मिनेटमा समिरले गोल गर्दै मकवानपुरलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा अभिषेक लामाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । मकवानपुरका लागि तेस्रो तथा अन्तिम गोल खेलको अतिरिक्त समयमा सुजन गुरुङले गरे ।

फाइनल खेलको म्यान अफ द म्याच मकवानपुरका समिर तामाङ भए । उनले नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता मकवानपुर–११ ले २ लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको सहलेशले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताको विद्यागत उत्कृष्ट खेलाडीतर्फ मकवानपुरका प्रितम स्याङ्बो सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुदिप सापकोटा उत्कृष्ट डिफेण्डर, समिर तामाङ उत्कृष्ट फरवार्ड, गोपी बर्तौला उत्कृष्ट गोलरक्षक, अभिषेक लामा सर्वाधिक गोलकर्ता र मकवानपुरका विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*