मकवानपुरको फुटबल टोलीलाई सम्मान

साझाकुरा
२०८० बैशाख २१, बिहीबार १८:५३

हेटौंडा-सिरहामा भएको छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि बिजेता मकवानपुर–११ का खेलाडीलाई सम्मान गरिएको छ ।मकवानपुर–११ ले सलहेश युवा क्लब, सिराहालाई १७ वैशाखमा भएको फाइनल खेलमा ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । मकवानपुर–११ टिम तयार भएको छोटो समयमै उपाधि जित्न सफल भएका खेलाडीहरुलाई बुधवार नगद ११ हजार ११ रुपैयाँसहित सम्मान गरिएको हो । सामाजिक विकास मन्त्रालयमा भएको सम्मान कार्यक्रममा सामाजिक बिकासमन्त्री कुमारी मुक्तानले मकवानपुरको नाम राख्ने काम गरेका सम्पुर्ण खेलाडी एवम अफिसियललाई बधाई दिएकी छन् ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टिका लामाले मकवानपुरका खेलाडीहरुले पछिल्लो समय मोफसलको प्रतियोगितामा स्थानीय खेलाडीले राम्रो प्रर्दशन गरेको भन्दै प्रशंसा गरे । जिल्ला फुटबल संघले मकवानपुरको युवा टिमलाई संरक्षण गर्ने बताएका छन् । कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष अरुण बल, युवराज लामा, कोषाध्यक्ष अमृत लुङबा, महासचिब छवि सुवेदीलगायतको उपस्थिति थियो ।

मकवानपुरले सहलेस युवा क्लव सर्लाहीलाई हराउँदा मकवानपुरका लागि समिर तामाङ, अभिषेक लामा र सुजन गुरुङले एक–एक गोल गरेका थिए । प्रतियोगिताको विजेता मकवानपुर–११ ले २ लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*