सांसद बन्ने बिन्दवासिनीको सपना अधुरै

साझाकुरा
२०८० बैशाख २६, मंगलवार ०९:५५

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै हेटौंडाकी विन्दाबासिनी कसांकारलाई सांसद बनाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठले दिएको रिट निवेदनमा सोमबार अल्पकालीन आदेशमार्फत् उनको पद तत्काल नजाने भनेपछि बिन्दवासिनीको सांसद बन्ने सपना अधुरै रहन गएको हो । निर्वाचन आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कसांकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्रअनुसार आयोगले निर्णय गरेर प्रमाणपत्र दिएको जानकारी दिएका छन् ।

उनले विन्दाबासिनी कसांकार सांसद हुने निर्णय आयोगले गत वैशाख २१ गते गरेको जानकारी दिए । सर्वोच्च अदालतले ढाकाकुमारले दिएको रिट निवेदनमा सोमबार अल्पकालीन आदेशमार्फत उनको पद तत्काल नजाने भनेको छ । आयोगका अनुसार एउटा पदमा दुई जना सांसद भएपछि सर्वोच्चको अन्तिम फैसला नहुँदासम्म कसांकार निर्वाचित भएको मान्न भने सकिँदैन । ‘संघीय संसदमा उहाँको (कसंकार) को सपथ हुन सक्दैन’, संघीय संसद सचिवालय श्रोतले भन्यो, ‘कसांकारको सपथ अहिले नै हुँदैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै विन्दाबासिनी कसांकारलाई सांसद बनाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिइएको र निर्वाचित भएको जानकारी संघीय संसदलाई समेत दिएको आयोगले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको छ ।

इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । पार्टीको सिफारिसका आधारमा सांसद बन्न लागेकी कंसाकार एसिड आक्रमण पीडित हुन् । उनीमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो । उनीमाथि आक्रमण गर्ने भारतीय नागरिक कमलराज केंसारलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । एसिड आक्रमणमा पर्दा कंसाकार ‘प्लस टु’मा अध्ययनरत थिइन् । उनी हेटौंडास्थित कुमारी बैंकमा जागिर खाँदै रास्वपाको उदयसँगै राजनीतिमा लागेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*