टिपर आतड्ढ बन्द गरौं

साझाकुरा
२०८० जेष्ठ ४, बिहीबार १०:४३

मकवानपुर जिल्लामा खानी क्षेत्रमा सञ्चालन हुने टिपरको तीव्रगति र ओभरलोडले आमजनतामा आतड्ढ नै फैलिएको छ । मकवानरपुरमा एक दसक अगाडिदेखि सुरु भएको टिपर ओभरलोड आतंक अहिले पनि प्रमुख समस्याको रुपमा छ । टिपर ओभरलोड आतंक बिशेष गरी नेपालबाट भारतीय बजारमा गिट्टी निर्यात सुरु भएपछि देखिएको थियो । शिबम् सिमेन्टको ओभरलोडको समाचार लेखिरहेका संचारकर्मीलाई हेटौंडामा रिद्धिसिद्धि सिमेन्ट उद्योग खुल्यो र ओभरलोड महामारीमा थप योगदान पुग्यो । एकातिर सिमेन्टको बजार माग धान्न कम गुणस्तरका भारतीय सिमेन्ट आयात गर्ने क्रमलाई रोक्न शिवम्, रिद्धिसिद्धि जस्ता उद्योगको महत्वपूर्ण योगदान छ । अर्कोतिर यही उद्योगका कच्चापदार्थ बोक्ने भारी सबारीसाधनले त्राहिमाम बनाइरहेको छ ।

सिमेन्ट उद्योग खुल्नुभन्दा अगाडि पनि टिपरको ओभरलोड आतंक नभएको होइन । त्यसबेला सडकमा टिपरले गिट्टी र बालुवा उछिट्याउँदै राजमार्ग नै प्रदुषित गर्थे । सिमेन्ट उद्योगले पहाड फोर्दै चुनढुङ्गा ओसार्न थालेपछि सडकमा गिट्टी बालुवा मात्रै होइन, ढुङ्गा पनि उछिट्टिन सुरु भयो । उत्खनन् गर्ने उद्योगले सुन्दर हरिया पहाडमा ब्रेकर मेसिन लगाउँदैछ । यता टिपरलाई क्षमताभन्दा दोब्बर भारबोकाएर सडकयात्री र स्थानीयलाई आतंकित बनाउने मात्रै नभई सडक संरचनालाई समेत कमजोर बनाउने काम गरिहरेको छ ।

शिवम र रिद्धिसिद्धिको चुनढुङ्गा खानी ज्यादतीको बिषयमा जति गुनासो र सञ्चार माध्यममा समाचार आएपनि सरोकारवाला निकायलाई मतलब छैन । सञ्चार माध्यममा चुनढुङ्गा खानीको विषय जति समाचार प्रकाशित गरेपनि ब्यवस्थित गराउने बिषयमा सरोकारवाला निकायले ध्यान दिएको छैन । प्रशासनले ओभरलोड आतंकलाई नियन्त्रण गर्न भने केही प्रयास गरेको देखिन्छ । सञ्चार माध्यमले अब्यवस्थित खानी र ओभरलोडको बिषयमा समाचार प्रकाशित गरेपछि प्रशासनले ओभरलोड आतंक नियन्त्रणको थोरै प्रयास गरेको देखिन्छ । तर, त्यो प्रभावकारी बन्न सकेको छैन । हालसम्म पनि टिपरले ओभरलोड बोकिरहेका छन् ।

प्रहरीले चेकजाँच गरी कारवाही गर्छ । तर, पनि टिपरले ल्याउन छोड्दैन ओभरलोड अन्य सवारीको हकमा ट्राफिक नियमको पढाउने ट्राफिक प्रहरी टिपरको ओभरलोड नियन्त्रणमा कहाँ चुक्यो ? प्रशासनको कारवाही किन फितलो भयो ? टिपर चालक र ब्यवसायीको रहर हो कि बाध्यता हो ? यतिमात्र नभई सर्वसाधारणले प्रशासन र उद्योगबीच सेटिङ त छैन ? भन्दै प्रश्न गरिरहेका छन् । राजमार्गमा चल्ने टिपरहरु दौड प्रतियोगितामा भाग लिइरहेको भान हुनेगरी किन दौडाउने ? संयमित भएर पनि गन्तब्यमा पुग्न सकिन्छ भन्ने कुराको हेक्का नभएरै यस्तो भएको हो वा अन्य कुनै कारण छ ? यो सोचनीय बिषय बन्न पुगेको छ ।

टिपर आतंक मकवानपुरमा मात्रै होइन । केही वर्षअघिदेखि काठमाडौंमा टिपर दिउसो चल्न नपाइने नियम बनाइयो । तर, मोफसलमा ट्राफिक प्रहरीले रातमा मात्र टिपर चल्न दिने ब्यवस्था लागू गर्न सकेको छैन । राजमार्गमा टिपर आएको देखेपछि यमराज आयो भन्दै साइड लाग्ने साना सवारी चालकको पीडा बयान गरिसाध्य छैन । यो बिषयमा नियमनकारी निकायमा जतिपटक गुनासो गर्दा पनि सुनुवाई भएको छैन । टिपर ब्यवासय नै बन्द गर्ने माग आम नागरिकको होइन । राजमार्ग आफ्नै बाउको बीर्ता झैं मानेर टिपर चलाइएका कारण बिरोध गरिएको हो । ओभरलोड बोकेका कारण टिपरको ब्रेक कुनै बेला नलाग्न पनि सक्छ । त्यसैले यस्तो समयमा दुर्घटना हुने नै भयो । संयमित भएर ट्राफिक नियम पालना गरेर चलाउने हो भने धेरै ठूलो समस्या देखिंदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*