कमल थापा टेनिसको फाइनलमा

साझाकुरा
२०८० जेष्ठ ४, बिहीबार ११:५६

हेटौडा-राजनीतिज्ञ कमल थापा खेलाडीका रुपमा पनि परिचित छन् । कुनैबेला फुटबलमा खेलाडी थापा बुढेशकालमा भने टेनिस खेलाडीका रुपमा व्यस्त छन् । मकवानपुरे थापा हालै दार्जिलिङमा भइरहेको टेनिस प्रतियोगितामा फाइनलमा प्रवेश गरे । दार्जिलिङ जिम खाना क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ) को मान्यता प्राप्त ‘वल्र्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिता’मा थापा फाइनलमा प्रवेश गरेका हुन् ।

उक्त प्रतियोगिता वैशाख ३० देखि दार्जिलिङमा सञ्चालन भइरहेको छ । सो प्रतियोगितामा भारत, नेपाल, भुटानलगायत विभिन्न देशका सयभन्दा बढी सिनियर खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धा अन्तर्गत बुधवार भएको सेमिफाइनलमा नेपालका कमल थापा र झ्याम्पा धोण्डुपको जोडिले भारतका दोस्रो बरियताका आशिष सेन र नरेश भिजको जोडिलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको हो । यस्तै बुधवार नै भएको सिंगलतर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*