बकैयामा कांग्रेसको कार्यकर्ता भेला

साझाकुरा
२०८० जेष्ठ ५, शुक्रबार ११:२७

हेटौडा-नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) समितिको आयोजनामा बिहीबार बकैयाको हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रमअन्तर्गत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को (क) को भेला भएको हो । कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को (क)का प्रदेश सभापति सुशान्तकुमार श्रेष्ठको सभाध्यक्षता तथा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको जिज्ञासा र पार्टीको भावी रणनीतिको बारेमा नेताद्वय डीना र बानियाँले जवाफ दिएका छन् । अन्तरक्रिया कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति धर्मराज लामिछाने, महासमिति सदस्य जयराम लामिछाने, जिल्ला सदस्य आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जन, मकवानपुरगढी गाउँपालिका सचिव आईतसिं लो, बकैया–७ का वडासभापति पोषबहादुर घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*