खेल पत्रकारका लागि तालिम

साझाकुरा
२०८० जेष्ठ ६, शनिबार ०९:४३

हेटौंडा-नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवानपुरले २ दिने खेलकुद पत्रकारिता तालिमको आयोजना गरेको छ । बाराको अम्लेखगञ्जमा शुक्रबारबाट २ दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो । खेलकुद क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकारको सहभागितामा संचालित तालिममा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी, खेलकुद पत्रकार मञ्च एकेडेमीका सदस्य हिमेश बज्राचार्य र आइसिसिका एम्पायर विनयकुमार झाले सहजीकरण गरिरहेका छन् ।

मञ्च समन्वय शाखा मकवानपुरका अध्यक्ष राजन दाहाल ‘रसिक’ को अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन गर्दै मञ्चका पूर्वअध्यक्ष राजवंशीले तथ्याङ्कमा आधारित भएर खेल समाचार संकलन तथा लेखनले पत्रकारितालाई परिस्कृत र उत्कृष्ट बनाउने बताए । उनले खेलकुद क्षेत्रको प्राविधिक पक्षलाई समाचारमा समेट्न कठिन रहेकाले खेलका हरेक नियमलाई पत्रकारले बुझ्न जरुरी रहेको बताए ।

दुई दिने तालिमलाई सिकाउने र पढाउने भन्दा पनि अनुभव साटासाटको रुपमा लिनुपर्ने उनको सुझाव थियो । हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा आयोजित कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सल्लाहकार बालकृष्ण अधिकारी, मञ्चका उपाध्यक्ष सुवास विडारी लगायतले मन्तव्य व्यक्त
गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*