राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

साझाकुरा
२०८० जेष्ठ ७, आईतवार ११:३४

हेटौंडा-राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० चलचित्र पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । लामो समयदेखि चलचित्र पत्रकारीतामा कलम चलाउँदै आएका घिमिरेलाई चलचित्र पत्रकारिता दिवसको अवसर पारेर पुरस्कर वितवरण गरिएको हो । शनिबार चलचित्र पत्रकारसंघ मकवानपुर शाखाले २४ औ स्थापना दिवसका अवसर पारेर घिमिरेलाई १० हजार राशी सहित पुरस्कृत गरेको हो । घिमिरे संघको सस्थापक सदस्य समेत हुन् ।

यसैगरी संघले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार २०८० चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी कुमारलाई प्रदान गरेको छ ।
अधिकारीलाई नगद ५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको हो । अधिकारी मकवानपुरमा दुई दसकदेखि पत्रकारितामा क्रियाशील छन् । संघले यसवर्ष चलचित्र कलाकर्मी सम्मान २०८० बाट कलाकार सुलेमान शंकर ‘इकु’लाई प्रदान गरेको छ । उनलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

हेटौंडा–१ का कलाकार शंकर हास्य टेलिचलचित्रबाट कलाकारिता गरेका राष्ट्रिस्तरका हास्य कलाकार हुन् । कार्यक्रममा प्रमुख अतिथिको हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । बानियाँले पत्रकारिता र कलाकारितामा अझ बढी सक्रिय भएर लाग्न समेत आग्रह गरेका छन् ।

चलचित्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समिर बलामी, हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल मर्हजन, हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष उज्जवल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार शुशान्तकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*