बागमती प्रदेश खेलकुद सोहन र पेमा उत्कृष्ट बक्सर

साझाकुरा
२०८० जेष्ठ १२, शुक्रबार १२:१०

हेटौडा- मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएका हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्ज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै नै हराइन् । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पा¥यो ।

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजतपदक जिते । पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए । ५७ केजीमा नुवाकोटका नीरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जिते ।

पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्णपदक प्राप्त गरे । ८६ केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते ।

९२ केजीमाथि काठमाडौंका सन्जोग गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए । महिलातर्पm ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्णपदक प्राप्त गरे । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्णपदक आफ्नो बनाए । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाइन् ।

६३ केजीमा काभ्रेकी जीबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्णपदक प्राप्त गरे । फाइनलमा जीबिकाले काठमाडौंकी सन्जना पूजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्णपदक प्राप्त गरिन् । विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य धनकुमार मैनाली, आईटीओ तथा टेक्निकल डेलिगेट पुस्करराज पन्त, बक्सिङका पूर्वप्रमुख प्रशिक्षक प्रकाश थापामगर लगायतले पुरस्कृत गरे ।

महिला फुटबलमा काठमाडौंलाई उपाधि

काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि जितेको छ । बिहीबार गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित ग¥यो । काठमाडौंले पहिलो र दोश्रो हाफमा समान १–१ गोल ग¥यो । विजयी टिमका लागि सुजीता घलानले १० औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । काठमाडौंका लागि दोश्रो गोल मनीषा थापा मगरले ५८ औं मिनेटमा गरिन् ।

काठमाडौंकी सरिता ऐर दुई व्यक्तिगत विधामा पुरस्कृत भइन् । सरिता प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् । अन्य व्यक्तिगततर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट चुनिए । प्रतियोगिता अवधिभर ४ गोल
गरेकी काठमाडौंकी मनीषा थापामगर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् ।

विजेतालाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशकी सांसद् स्वरुपा भुजेल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका सचिव रामकृष्ण पुडासैनी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशकी सदस्य एवं महिला फुटबलकी संयोजक कल्पना शर्माले जनाएकी छन् ।

पुरुष फुटबलमा काठमाडौं र मकवापनुरले उपाधि भिडन्त पक्का गरे । पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–० गोलले पराजित ग¥यो । कब्बु कन्दङवाले निर्णायक गोल गरे । मकवानपुरले काभ्रेमाथि ३–० को सहज जित दर्ता ग¥यो । प्रितम स्याङबोले १ तथा अभिषेक लामाले १ गोल गरे । फाइनल शनिबार हुनेछ ।

भलिबलमा काठमाडौं र चितवन सफल

काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा स्वर्ण जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्णपदक जितेका हुन् ।

काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को जित निकाल्दै पुरुषतर्पm स्वर्ण जित्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २–१ ले र महिलामा चितवनले धादिङलाई २–० ले हराउँदै कांस्यपदक प्राप्त ग¥यो ।

प्रतियोगितामा पुरुषतर्पm चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढामगर उत्कृष्ट खेलाडी भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए । महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए ।

महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निशा महर उत्कृष्ट भए । विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।
जुडोमा ललितपुर अब्बल

दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेश्रोमा सीमित भयो । पुरुष÷ महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले १–१ स्वर्ण जिते । प्रतियोगिताको पुरुषमा काभ्रेका प्रवीणकुमार दियाली तथा महिलामा नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको अन्तिम दिन महिला ७० केजीमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोले स्वर्ण चुमे । पुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १०० केजीमुनि काभ्रेका आकाश आलेमगर र १०० केजीमाथि काठमाडौंका वसिस्ट महर्जन शीर्ष स्थानमा रहे । दुईदिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।

निश्चल र अन्जिता सर्वोत्कृष्ट खेलाडी

काठमाडौंका निश्चल तामाङ र मकवानपुरकी अन्जिता स्याङतान दोश्रो बागमती प्रदेश खेलकुदको उसुमा बिहीबार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।निश्चल पुरुष तथा अन्जिता महिलामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र २ कांस्यसाथ ललितपुर टिम च्याम्पियन बन्यो । ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं दोश्रो भयो । तेश्रो स्थानको सिन्धुपाल्चोकले ५ स्वर्ण, २ रजत र २ कांस्य हात पारे । विभिन्न १२ जिल्लाका २ सय ५० खेलाडी २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । मकवानपुरले ३, रामेछापले २ तथा भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुलीले १–१ स्वर्ण जिते ।
प्रेस विज्ञप्ति
मित्रराष्ट्र भारतको आन्द्र प्रदेश वादारियो स्पोस्टर्स कराते डो संघले आयोजना गरेको प्रथम ईन्डो नेपाल कराते खुल्ला च्याम्पियनसिपमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको नेतृत्वमा ९ सदस्यीय टोली ईन्डिया जान लागेको बताइएको छ । त्यसतर्फ जाने खेलाडीलाई वादोरियो संघका पदाधिकारीले विदाई गरेका छन् ।सहभागीमा हरिशरण केसी (टिम मेनेजर), ज्ञानबहादुर थापा (रेफ्रि), खेलाडीहरु सागर काफ्ले, मनिष रोक्कामगर, सुगन बस्याल, विसन थापा, बिवेक बिक, गजेन्द्र लुहार, समित रेश्मी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*