मोबाइल व्यवसायी महासंघको प्रदेश अध्यक्षमा रिजाल

साझाकुरा
२०८० जेष्ठ १४, आईतवार १२:१०

हेटौंडा-नेपाल मोबाइल व्यवसायी महासंघ बागमती प्रदेशको प्रथम भेला शनिवार हेटौंडामा भएको छ ।भेलाले हेटौंडाका एसीस रिजालको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ । रिजाल मकवानपुरका युवा मोवाइल व्यवसायी हुन् । उनी मोवाइल एसोसिएसन अफ नेपाल मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् । महासंघ केन्द्रीय महासचिव रमेश घिमिरे निर्वाचन आयुक्त नियुक्त भई बागमती प्रदेश समितिको निर्वाचन गराएका हुन् ।

प्रदेश समितिको उपाध्यक्षमा काभ्रेका प्रेमप्रसाद दाहाल र ललितपुरका देवभक्त डंगोल चयन भएका छन् । समितिको महासचिवमा चितवनका सुरज पौडेल सचिवमा मकवानपुरका चन्द्रमणि पाठक, कोषाध्यक्षमा मकवानपुरकै मिलन स्याङ्तान, सहकोषाध्यक्षमा भक्तपुरका रामगोपाल ख्वालापला चयन भएका छन् ।

समितिको सदस्यहरुमा कुमारमणी त्रिपाठी (मकवानपुर), विक्रम कंडेल(चितवन), रतन भट्ट(चितवन), जलित मिया (धादिङ), प्रमोद श्रेष्ठ (रामेछाप), श्रीचन्द्र श्रेष्ठ
(सिन्धुली), बलबहादुर श्रेष्ठ (सिन्धुली), रुद्रमणि धिताल (काठमाडौं), दिनेश लम्साल (ललितपुर), दीपक अधिकारी (काठमाडौं), दिलबहादुर तामाङ (काठमाडौं), विशाल ढकाल (काभ्रे), जीवन बलामी (भक्तपुर), रविन लामा (भक्तपुर) र कुवेरप्रसाद डोटेल (ललितपुर) चयन भएका छन् । २७ जनाको कार्यसमितिमा पाँच जना सदस्य आगामी बैठकले थप गरी लैजाने नवनिर्वाचित अध्यक्ष रिजालले बताएका छन् ।

निर्वाचन प्रक्रियामा महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाई, प्रदेश संयोजक छतेन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियो । प्रदेश संयोजक छतेन्द्र आचार्यको सभाध्यक्षता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मोवाइल विशुद्ध प्रविधिको उपकरण मात्रै नभई मानिसलाई चाहिने अतिआवश्यक वस्तुको रुपमा रहेको बताए । मानव जीवनको अभिन्न अंगको रुपमा मोबाइल रहेको र मोबाइलले विश्वबजार साघुरिएको बताए ।

उनले मोबाइलले गर्दा साना नानीबाबुलाई मानसिक तथा बौद्धिक समस्या आउने भन्दै त्यसको न्यूनीकरणमा महासंघको ध्यानाकर्षण हुनुपर्ने बताए । मन्त्री श्रेष्ठले मोबाइल व्यवसायीले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रदेश सरकारको ध्यान गएको छ र अवैधानिक रुपमा ल्याइएका मोवाइल र पुराना मोबाइल बिक्रीमा नियमन गर्न सरकार तयार रहेको बताए । कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाई, महासचिव रमेश घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कोषाध्यक्ष कविराज खत्री, महासंघ मधेस प्रदेशका अध्यक्ष मोहन कार्की, गण्डकी प्रदेशका अध्यक्ष उदय केसी, म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाई, सल्लाहकार महेन्द्र राउत लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*