राईले जिते हेटौंडा भेट्रान्स साइकल रेस

साझाकुरा
२०८० जेष्ठ १६, मंगलवार ०९:०३

हेटौंडा- गणतन्त्र स्थापना दिवसको अवसरमा हिमालयन राइडर्स सोसाइटीले हेटौंडामा पहिलोपटक भेट्रान्स साइकल रेस प्रतियोगिताको आयोजना गरेको छ । स्वास्थ्य समाज निर्माण एवम् साइकलयात्रीबीचको आपसी सद्भाव कायम गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा प्रतियोगिता भएको हो । हेटौंडामा पहिलो पटक मकवानपुर भित्रका ४० बर्ष माथिका साइकलप्रेमीहरुका बीच भेट्रान्स साइकल रेस प्रतियोगिता भएको हो । साइकल रेसमा प्रथम हरिराम राई, द्वितीय हरिशरण थापा, तृतीय राजु थापामगर, सान्त्वना स्थान राजु गुप्ता र राजकुमार श्रेष्ठले हासिल गरेका थिए । प्रथम हुनेले नगद १५०००, दोस्रो हुनेले नगद १००००, तेस्रो हुनेले नगद ५००० र सान्त्वना हुनेले २००० तथा प्रमाणपत्र, मेडल प्राप्त गगरेका थिए ।

नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन, सशस्त्र प्रहरी बल १४ नं गणप्रमुख अनिल कार्की, नेपाल प्रहरी, ट्राफिक प्रहरी, निर्णायक बिबइसिंह मोक्तानलगायतले शुभकामना दिएको थिए । कार्यक्रम समापनका अवसरमा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, ५ न. वडाअध्यक्ष सुशील घिमिरे, सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ, हेटौडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकार, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी, बारा राइडर्स एसोसिएसनका कोषाध्यक्ष रामेश्वर बास्कोटा, निको अस्पताल प्रालिका संचालक सुधीर दाहाल लगायतले बिजेता तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा प्रतियोगिताको नियमबारे सोसाइटीका सचिव लेखनाथ ढकालले गराएका थिए । शारीरिक स्वस्थ्यतासँगै वातावरण जोगाऔं भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । यसैबीच हेटौंडा उपमहानगरपालिका टोल विकास समन्वय समितिले विश्व वातावरण दिवसको अवसरमा आगामी शनिबार हेटौंडामा साइकल ¥याली तथा बनस्खण्डी मन्दिर सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*