बिन्दबासिनीको संसदीय यात्रा सुरु

साझाकुरा
२०८० जेष्ठ १६, मंगलवार ०९:१६

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई सोमबार शपथ गराएका हुन् ।यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गर्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए ।

त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिएका थिए । तर, सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*