हेटौंडा २ र १९ तेश्रो मेयर कपको क्वाटरफाइनलमा

साझाकुरा
२०८० जेष्ठ २१, आईतवार ११:५९

हेटौंडा-हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा जारी तेश्रो हेटौंडा उपमहानगरपालिका मेयर कप पुरुष फुटबलकोे क्वाटर फाइनलमा हेटौंडा–२ र १९ प्रवेश गरेका छन् ।
शनिवार भएको प्रतियोगितामा हेटौंडा–२ ले १७ नम्बरलाई र १९ ले ८ नम्बरलाई पराजित गर्दै अन्तिमा आठमा स्थान बनाएका हुन् । प्रतियोगिताको पहिलो खेलमा हेटौंडा–२ ले १७ लाई १–० र दोश्रो खेलमा हेटौंडा–१९ ले ८ लाइ २–० गोल अन्तरले पराजित गर्दै बिजयी बनेका थिए ।

प्रतियोगिताको प्रतिष्पर्धात्मक पहिलो खेलमा हेटौंडा–२ ले पहिलो हाफको ३३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । टिमका लागि कैलाश श्रेष्ठले गोल गरेका थिए । टिमका लागि निर्णायक गोल गर्ने श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए ।त्यस्तै प्रतियोगिता अन्तरगतको दोश्रो खेलमा हेटौंडा–१९ बिजयी भएको छ । खेल सुरु भएको ६ मिनेटमा गोल गर्दै १९ ले खेलमा अग्रता लिएको थियो ।

८ नम्बरका गोलकिपरलाई क्रस गराउँदै १९ का संजीत गोङवाले टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको ८ नम्बर मानसिक रुपमा कमजोर देखिएको थियो । आन्तरीक खेल सुधारे पनि पोल अट्याक्ट र आक्रमक खेल प्रस्तुत गर्न नसकेको ८ नम्बरको टोली पहिलो हाफको १७ औं मिनेटमा दोश्रो गोल खान बाध्य भयो ।

हेटौंडा–१९ का बुद्ध बलले डिबक्स भित्रबाट गरेको आकर्षक प्रहारले जाली चुमेको थियो । पहिलो हाफमा २ गोलले अग्रता लिएको टोलीसँग निर्धारीत समयभर खेलेपनि निर्णय निकाल्न हेटौंडा–८ ले सकेन । दोश्रो गोलसँगै गोलअन्तरले पछि परेको टोली र १९ बीच बिवाद हुँदा केहीबेर खेल रोकिएको थियो । खेलमा हेटौंडा–१९ का संजीत गोङवा म्यान अफ दी म्याच घोषित भए ।

उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०÷५० हजार, सर्बोत्कृष्ठ खेलाडीलाई १५ र उत्कृष्ठ खेलाडीहरुलाई ५÷५ हजार रुपैयाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।प्रतियोगिता अन्तरगत आइतबार हेटौंडा–१० र १३ तथा ४ र १५ नम्बर वडाबीच दुईवटा खेल हुने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गतेसम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*