हेटौंडामा प्राकृतिक प्रणालीबाट बहुबाली लगाउने तालिम

साझाकुरा
२०८० जेष्ठ २३, मंगलवार ०९:३२

हेटौंडा-हेटौंडा तीन दिने प्राकृतिक प्रणालीबाट बहुबाली लगाउने तालिम भइरहेको छ । शनिबारबाट सुरु भएको तालिम सोमबारसम्म सञ्चालन हुनेछ । प्राकृतिक प्रणालीबाट एकैचोटी बहुबाली लगाउने तरिकाबारे तालिम प्रदान गरिएको हो ।हेटौंडाका वडा नम्बर १२, १३, १४ र १५ नम्बर वडाका सहकारी संस्थामा आवद्ध भएका ३० जना कृषकलाई तालिम प्रदान गरिएको आयोजक संस्था ग्रामीण महिला सेवाका केन्द्रकी सचिव अचला शर्माले बताइन् । सैद्धान्तिक तालिम सहित हेटौंडा १२ कल्याणटारका रामप्रसाद पौडेलको जग्गामा प्रयोगात्मक रुपमा तालिम प्रदान गरिएको सचिव शर्माले बताइन् ।

हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा ग्रामीण महिला सेवा केन्द्रको वार्षिक कार्यक्रम अन्तरगत कृषक महिलालाई प्राकृतिक प्रणालीबाट बाली लगाउने तालिम प्रदान गरिएको सेवा केन्द्रका अध्यक्ष सुलोचना स्याङ्तानले बताइन् । सहकारीमा आवद्ध भएका महिला दिदीबहिनीलाई सीपमूलक तालिम पश्चात आम्दानीको स्रोत बढी आर्थिक पक्षमा सुधार हुने भएकाले तालिमको आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताइन् ।

तालिमलाई सिन्धुपाल्चोकका हरियाली अभियान प्रा.लिका कार्यक्रम संयोजक गोपाल भण्डारीले तीन दिन प्रशिक्षण दिइरहेका छन् भने काठमाडौंका ओक्रालाईन विजनेश प्रा.लिका कार्यक्रम संयोजक पुष्पराज शाहीले तालिमलाई प्रशिक्षण दिएका छन् । धन र कम बल प्रयोग गरी प्रक्रिया र प्रविधि मिलाएर खेती गर्न सके कम लागतममा बढी उत्पादन लिन सकिने प्रशिक्षक गोपाल भण्डारीले बताए । तालिममा मकै, आलु, घ्युसिमी, खुर्सानी, तनेबोडी, धनियाँ, भण्टालगायतको तकारी लगाउने तालिम प्रदान गरिएको प्रशिक्षक भण्डारीले बताए । तरकारी लगाउनेका साथै तालिममा प्राकृतिक रुपमा पाइने झोल मल बनाउने तरिकालाई प्रयोगात्मकरुपमा परीक्षण गरिएको भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*