कांग्रेस महामन्त्री थापा मकवानपुर आउँदै

साझाकुरा
२०८० जेष्ठ २३, मंगलवार ०९:५२

हेटौंडानेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा समिति र प्रदेशसभा क्षेत्र समितिको सम्मेलनमा सहभागी हुन पूर्वमन्त्री तथा कांग्रेसका महामन्त्री गगन थापा जिल्ला आउने भएका छन् ।नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा २ को (ख) समितिको आयोजनामा यही जेठ २९ गते सोमबार हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउन लागेका हुन् ।

मकवानपुरको वडादेखि क्षेत्रीय समितिहरुमा भएको सम्मेलनमा केन्द्रीयस्तरका नेता पहिलो पटक आउन लागेका हुन् । यसअघि कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले जिल्लास्थित पार्टीका विभिन्न तहको सम्मेलनलाई सम्बोधन गर्दै आइरहेकी थिइन् ।सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर २ का संघीय सभापति लोकबहादुर मोक्तानले उक्त सम्मेलनमा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा (ख) को सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि र क्रियाशील सदस्यहरुको सहभागितामा रहने बताएका छन् ।

करिब १ हजार जनाको सहभागिता रहने सम्मेलनमा महामन्त्री थापाले मकवानपुर कांग्रेसमा देखिएको समस्या हल गराउन समन्वयकारी भुमिका खेल्न सक्ने क्षेत्र नम्बर २
(ख) का प्रदेशसभा सभापति रञ्जन कालाखेतीले बताए । कालाखेतीले कांग्रेसभित्र देखिएको आन्तरिक समस्या हटाउन थापाको आगमनले सकारात्मक भूमिका खेल्ने विश्वास लिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*