फापरवारीमा कांग्रेसको गाउँपालिकास्तरीय सम्मेलन

साझाकुरा
२०८० जेष्ठ २३, मंगलवार ०९:५९

हेटौंडा- जिल्लाको पुर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको फापरवारीमा नेपाली कांग्रेस बागमती गाउँपालिकाको पालिकास्तरीय सम्मेलन भएको छ ।कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको बागमती गाउँपालिकाको सम्मेलन भएको हो । कांग्रेस बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिनाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा गाउँपालिकास्तरीय सम्मेलन भएको थियो । कार्यक्रममा कांग्रेस बागमती गाउँपालिकाका नेता तथा कार्यकर्ताको जिज्ञासा र पार्टीको भावी रणनीतिको बारेमा नेताद्वय डीना र बानियाँले जवाफ दिएका थिए ।

सम्मेलनमा कांग्रेस बागमती प्रदेश सदस्य भक्तबहादुर राई, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, पूर्वसभापति रघुरमण न्यौपाने, कांग्रेस जिल्ला सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, बागमती प्रदेशसभा सदस्यद्वय समिता खड्गी र लक्ष्मी श्रेष्ठ, कांग्रेस नेता ठगेन्द्र वाईवा, पूर्वक्षेत्रीय उपसभापति डिल्लीप्रसाद घोरासैनी, बागमती गाउँपालिका उपसभापति जगतबहादुर भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*