अञ्जन सम्मिलित चर्च ब्वाइजले जित्यो ‘ए’ डिभिजन लिग

साझाकुरा
२०८० जेष्ठ २४, बुधबार १२:०१

हेटौंडा- हेटौंडेली फुटबल स्टार अञ्जन विष्ट सम्मिलित चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंक पुगेको छ । अब चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ । थ्री स्टारको २५ खेलबाट २९ अंक छ ।

वि.सं. २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो । चर्च ब्वाइज छनोट हुँदै ‘सी’, ‘बी’ र ‘ए’ च्याम्पियन बन्ने दोस्रो क्लब बनेको छ । यसअघि मनाङ–मस्र्याङ्दी लगातार च्याम्पियन बनेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६ औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्रीस्टार अग्रता लिनबाट चुक्यो । लगत्तै १७ औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोल रक्षक अरुण ब्लोनले बचाए । २१ औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्रीस्टार अग्रता लिनबाट चुक्यो । ३६ औँ मिनेटमा अन्जन विष्टको फ्रिकिक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे ।

लगत्तै ३७ औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले गरेको हेडर अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । लिगको दोस्रो स्थानमा रहेको मछिन्द्रको ३९ अंक छ र उसका दुई खेल बाँकी छन् । यी दुवै खेलमा मछिन्द्र विजयी रहे पनि उसको ४५ अंक हुनेछ र चर्च ब्वाइजसँग बराबरी गर्नेछ । हेड टु हेडको आधारमा चर्च ब्वाइज शीर्षमा रहनेछ । यी दुई टिमको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेलमा चर्च ब्वाइज २–१ ले विजयी रहेको थियो ।

जित्यो । वर्ष ०७८ मा चर्च ब्वाइजले बी डिभिजन जित्न सफल रह्यो । मनाङ मस्र्याङ्दीपछि चर्च ब्वाइजले ‘सी’ देखि ‘ए’ डिभिजन जित्ने पहिलो टिम भएको छ । मनाङले यसअघि ०४३ मा पहिलो पल्ट लिग जित्न अगाडि ‘डी’ देखि ‘बी’ डिभिजन लगातार जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*