११ नम्बर वडा मेयर कप फाइनलमा प्रवेश

साझाकुरा
२०८० जेष्ठ २६, शुक्रबार १०:२०

हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार दोस्रो सेमिफाइनल खेल भएको छ ।११ नम्बर वडाले १३ नम्बर वडालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । नगर खेलकुद विकास समितिको आयोजना भइरहेको तेस्रो संस्करणको मेयर कपमा ११ नम्बर वडाले पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गरेको छ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा निर्धारित समय गोलरहित बराबरी भएको थियो ।

पेनाल्टी सुटआउटमा ११ नम्बर वडाका लागि अभिन लामा र सुवास लामाले दुई गोल गरे । ११ नम्बर वडाबाट ललित चौलागाईं र पदम राईको प्रहार गोल हुन सकेन । १३ नम्बर वडाका लागि सुनिल थिङ, सुशील गोले, सूर्य मोक्तान र सामेल सुनारले गरेको प्रहार गोल नभएपछि हार व्यहोरेको छ ।

११ नम्बर वडाले १ नम्बर वडालाई र १३ नम्बर वडाले २ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनल आएका थिए । मेयर कप उपाधिका लागि ११ नम्बर वडाले २७ जेठ शनिवार १५ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ । १५ नम्बर वडा बुधवार भएको पहिलो सेमिफाइनलमा १४ नम्बर वडालाई हराउँदै फाइनल यात्रा गरिसकेको छ । १५ नम्बर वडाले १४ नम्बर वडालाई सुडनडेथमा हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*