जलन उपचार कोष स्थापना गर्न कंसाकारको माग

साझाकुरा
२०८० असार १, शुक्रबार १०:२१

हेटौंडा-मकवानपुरकी सांसद बिन्दवासिनी कंसाकारले जलन उपचारकालागि जलन उपचार कोषकोस्थापना गर्न सरकारसँग माग गरेकी छिन् ।प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताइन् ।

‘किन जलन उपचारलाई अरु रोग सरह उपचार कोष दिइँदैन ?’, उनले भनिन्, ‘मैले आफूले तेजाब जलनको अनुभव गरेको छु । मैले अनेकौँ कारणले जलेका व्यक्तिहरुको पीडा पनि अनुभव गरेको छु ।,’जलनका कारण धेरै रहेको तर जलनपछि नागरिकले भोग्ने दुर्गति र छट्पटी समान भएको कंसाकारले बताएकी छन् । उनले पहिले उपचार पाउने र निवेदन दिने मानवीय परम्पराको सुरुआत गर्न पनि आग्रह गरेकी छन् ।

अधिकांश जलन दुर्घटनाका कारण भए पनि सरोकारवाला गम्भीर हुन नसकेको उनको गुनासो छ । ‘सन् २००६ को विश्व स्वास्थ्य संगठनको तथ्याङकानुसार ५५ देखि ६० हजार जलनका दुर्घटना हुने गरेको छ । तर कहिल्यै पनि यसको सदन र सरकारमा चर्चा भएको मलाई थाहा छैन’, कंसाकारले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*