हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ६० करोडको बजेट

साझाकुरा
२०८० असार ३, आईतवार १०:०१

हेटौंडा- हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिकि गरेको छ । शनिवार १३ औँ नगरसभाको बैठकमा उपमेयर राजेश बानियाँले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जुन चालु आवको तुलनामा ११ करोड रुपैयाँ कम हो । विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट प्राप्त ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ ।बजेटमा आयोजनाहरु समेत पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान उर्जा, सडकबत्ती, आवास व्यवस्था, जलश्रोत, पर्यटन, भवन तथा आवास, सिँचाई लगायत नगरस्तरीय पूर्वाधारतर्फ ६२ करोड ३ लाख विनियोजन गरिएको छ । वडा तथा वस्तीस्तरीय योजना तथा कार्यक्रमका लागि ३८ करोड ४० बजेट विनियोजन गरिएको छ ।

उपमहानगरको बजेटमा उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, वडा कार्यालयको लागत सहकार्यमा संचालन हुने वडा गौरबका योजनाका लागि ३ करोड ४० लाख, नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा सडकमा उज्यालो सहर कार्यक्रमअन्तर्गत हाइमास्ट लाईट जडानका लागि ७० लाख, कर्रा
करिडोर निर्माणको निरन्तराका लागि १ करोड विनियोजन गरिएको साथै राप्ती करिडोर निर्माण गर्न ५० लाख विनियोजन गरिएको उपमेयर बानियाँले जानकारी दिए ।

उपमहानगरले वडा नम्वर ७ र ८ को सीमाना सडकलाई नमूना सडक निर्माण कार्यका निरन्तरताका लागि १ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, अटो भिलेज निर्माण गर्न ८० लाख, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकास क्षेत्रभित्रका चालु कार्यक्रम र पुँजिगत योजना तथा कार्यक्रमका लागि ११ करोड ७६ लाख विनियोजन गरेको छ । जसमध्ये कृषि विकासतर्फका विविध कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत गरी ५ करोड ४ लाख, पशु विकासतर्फका विविध कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत गरी २ करोड ३६ लाख, पर्यटन तर्फका कार्यक्रम तथा योजना संचालन गर्न १ करोड २० लाख बजेट विनियोजन गरिएको उपमेयर बानियाँले बताए ।

उपमहानगरले सामाजिक विकासअन्तर्गत शिक्षातर्फको सशर्त र आन्तरिक बजेटतर्फको चालु कार्यक्रम र पुँजिगत योजना तथा कार्यक्रमका लागि ९२ करोड ९२ लाख विनियोजन गरेको छ । जसअन्तर्गत शिक्षातर्फका कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत गरी ७६ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत ६ करोड ९० लाख, युवा तथा खेलकुदतर्फका कार्यक्रम संचालन गर्न २ करोड ९७ लाख, लैंगित समानता तथा सामाजिक समावेशीकरणतर्फका कार्यक्रम तथा योजना संचालन गर्न १ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । उपमहानगरले महिला तथा बालबालिका, अपा· र जेष्ठ नागरिक तर्फका कार्यक्रम तथा योजना संचालन गर्न १ करोड ४२ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी उपमहानगरपालिकाले वातावरण तथा विपद व्यवस्थापनका एवं सरसफाई र फोहोरमैला व्यवस्थापनका चालु कार्यक्रम र पंूँजिगत योजना तथा कार्यक्रमका लागि ७ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा फोहोर मैला व्यवस्थापन र ढल तथा नाला पूर्वाधारतर्फका योजना तथा कार्यक्रमका लागि ५ करोड ६८ लाख, बारुणयन्त्र संचालन व्यवस्थापनका लागि ७९ लाख, वन तथा भुसंरक्षण, वातावरण संरक्षण, विपद जोखिम न्यूनीकरण र जलउत्पन्न प्रकोप नियन्त्रणतर्फका कार्यक्रम तथा योजना संचालन गर्न ६७ लाख विनियोजन गरेको छ ।

उपमहानगरले संस्थागत क्षमता विकास, सुशासन प्रवद्र्धन, सेवाप्रवाह व्यवस्थापन, सूचना व्यवस्थापन, सूचना प्रविधिको प्रयोग र व्यवस्थापन, अन्तर निकाय समन्वय, स्थानीय योजना तथा तथ्यांक, सामाजिक सुरक्षा र पञ्जिकरण व्यवस्थापन, सुरक्षा व्यवस्थापन, सुशासन पूर्वाधारलगायतका क्षेत्रसँग सम्बन्धित चालु कार्यक्रमम र पूँंजिगत योजना तथा कार्यक्रमका लागि सुशासन तथा संस्थागत विकासतर्फ ४ करोड २२ लाख, महिला तथा बालविकास कोष, मर्मतसम्भार कोष, बिपद व्यवस्थापन कोष, गरीबी न्यूनीकरण तथा सामाजिक परिचालन कोष, मानव संसाधन कोष खर्च समेतका लागि ४ करोड १० लाख विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा के छ ?
उपमहागरको नीति तथा कार्यक्रममा विपन्न परिवारका छोरीहरुलाई शिक्षामा प्रोत्साहन गर्न छोरी पशुधन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरुका लागि मासिक पारिश्रमिकमा ३ हजार बृद्धि गरी थप प्रोत्सहन गर्नुका साथै उपमहानगरभित्रका सबै विद्यार्थीका लागि एकै किसिमको ड्रेसकोड लागु गरिने र माध्यमिक तह (कक्षा १–१२) एकै सिफ्टमा सञ्चालन गर्न आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । उपमहानगरको नीति तथा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकमार्फत् नगरबासीलाई प्रदान गरिदै आएको निःशुल्क रक्तसञ्चार सेवा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

बिहेवारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउन उपमहा नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियानका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।उपमहानगरपालिकाले नदीजन्य पदार्थको जरिवाना असुलीलाई राजश्व बृद्धिको आधारको रुपमा अपनाउन निषेधित क्षेत्र, समय र स्थान तथा प्रचलित कानुन विपरितका नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी कार्यमा संलग्न रहने कर्मचारी तथा सुरक्षा निकायलाई जरिवाना असुली रकमको २० प्रतिशतले हुन आउने रकम प्रोत्सहन बापत उपलब्ध गराउने नीतिलाई रिनतरता दिइने उपमहानगरले नीति तथा कार्यक्रममा समेटेको छ ।

त्यसैगरी उपमहानगरपालिकाले मकवानपुर जिल्लाका पालिकाबीच पर्यटन प्रवद्र्धन, खेलकुद विकास, विपद् व्यवस्थापन, विकास निर्माण, राजश्व संकलन तथा परिचालन, फोहोरमैला व्यवस्थापन लगायत साझा सरोकारका विषयहरुमा कार्यक्रम सञ्चालन गर्न ‘मेयर्स फोरम’ को स्थापना गरिने उल्लेख गरिएको छ । नगरसभाले नीति तथा कार्यक्रम र बजेट भने पास गरेको छैन । नीति तथा कार्यक्रमसहित पेश भएको बजेट छलफल गरेर पास गर्ने १६ जेठमा पास गर्ने तयारी भएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*