बागमतीको बजेटमा नारैनारा

साझाकुरा
२०८० असार ५, मंगलवार ११:२३

हेटौंडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रस्तुत गरेको बजेटसँगै नयाँ÷पुराना गरी ११ वटा नारासँगै आएको छ । प्रदेशले पनि संघीय सरकारको सिको ग¥यो भन्दा फरक नपर्ला । संयीय सरकारले आफ्नो बजेटमा १९ वटा नारा समावेश गरेको थियो ।

बजेट चालुआर्थिक बर्षको भन्दा ८ अर्ब २३ करोड १ लाख २२ हजार कम छ । त्यसैले अधिकांश नारा कार्यान्वयनका लागि अनुमानित बजेट समेत तोकिएको छैन, केहीमा छुट्याइएको छ, तर न्यून छ । प्रस्तुत बजेट चालुआर्थिक बर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालूखर्चतर्फ ७ अर्ब ६७ करोड बढाइएको छ भने पँुजिगततर्फ ६ अर्ब ५ करोडले घटाइएको छ ।

कुल विनियोजनमध्ये प्रदेशको प्रशासनिक क्षेत्रमा मात्रै बजेटको ४२.५८ प्रतिशत खर्च गर्ने योजना बनाएको छ । त्यस्तै विकास निर्माणको कार्यमा ५६.६२ प्रतिशत खर्च गर्ने योजना बनाउँदा ऋण तथा साँवा भुक्तानीका लागि ०.८ प्रतिशत बजेट विनियोजन गरेको छ । विकास बजेट घटाउने र प्रशासनिक खर्च बढाउने प्रदेशको बजेट छ । नारा सुन्दा आर्कषक सुनिएपनि पर्याप्त वजेट नभएको कारण कार्यक्रमको औचित्य पुष्टि हुने देखिदैन ।
नाराहरुः–
१. ‘एक वडा एक पशु स्वास्थ्य क्लिनक’ः– यस नाराले पशु स्वास्थ्य तथा क्लिनक सेवालाई सहज बनाउनका लागि स्थानीय तहसँग समन्वयमा सो कार्यक्रमलाई विस्तार गर्दै लैजाने योजना प्रदेश सरकारको छ । तर, यस कार्यक्रमका लागि अनुमानित बजेट तोकिएको छैन ।

२ ‘एक वन समूह, एक उद्योग’ः– यही नाराबाट वन क्षेत्रलाई प्रदेशको महत्वपूर्ण आर्थिक क्षेत्रको रुपमा स्थापित गर्ने, वन, जैविकविविधता तथा जलाधारक्षेत्रको दिगो व्यवस्थापनबाट वातावरणीय सन्तुलन एवम् दिगो विकास हासिल गर्न काष्ठजन्य, गैरकाष्ठजन्य तथा पर्यापर्यटकीय उद्योगको विकास र जैविकविविधताको संरक्षण गरी रोजगारी तथा आय आर्जनका क्रियाकलापमार्फत् जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्न सहयोग पु¥याउने लक्षित कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको छ ।

३.‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना, स्वस्थ्य वातावरण हाम्रो चाहना’ः– यो नारालाई साकार पार्न ना·ा डाँडा, पाखा, पर्ति चौर, नदीउकास जमिन, सुख्खा भूभाग जस्ता क्षेत्रमा बाँसलगायतका अन्य बहुमूल्य प्रजातिको सघन वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने छ । साथै, भत्किएका वन्य पारिस्थितिकीय प्रणालीको पुनरोत्थानका लागि क्षतिग्रस्त वन क्षेत्रको पुनर्सुधार क्रियाकलाप सञ्चालन गर्न लागि रु. १५ करोड २३ लाख रकम छुट्टयाइएको छ ।

४.‘स्वच्छ पानी खोलामा, फोहोर आफ्नै झोलामा’ः– बागमती प्रदेशभित्रका सहरी क्षेत्र भएर बग्ने विभिन्न खोला अत्यन्त प्रदूषित बन्दै गएकोले सो नाराका साथ काठमाडौं उपत्यकालगायत प्रदेशभित्रका अन्य प्रदूषित खोलामा नमूनाको रुपमा व्यापक सरसफाई कार्यक्रम अभियान सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।
तर, उक्त कार्यक्रम गर्न खर्च कति लाग्ने हो, यसमा पनि बजेट खुलाएको छैन ।

५.‘स्वच्छ सहरका लागि सामुदायिक पहल’ः– यो नारासहित स्थानीय तथा संघीय सरकार र स्थानीय संघ÷संस्थाको समन्वय र सहकार्यमा काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका प्रमुख सहरी क्षेत्रमा हरियाली प्रबद्र्धन, फोहोरमैला व्यवस्थापन तथा बाल, युवा एवम् ज्येष्ठ नागरिकमैत्री उद्यान निर्माण र व्यवस्थापन गरिने छ । गणेशमान सिंह सहरी वन तथा स्वच्छ वातावरण कार्यक्रम सञ्चालनमका लागि रकम छुट्याएको बताइएको छ । तर, छुट्याएको बजेट उल्लेख छैन ।

६.‘बागमती प्रदेशः स्वस्थ्य प्रदेश’ः– भन्ने नाराका साथ मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नागरिकको स्वास्थ्य प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घ श्वासप्रश्वास जस्ता नसर्ने रोगको उपचार महँगो रहेको र बर्षेनी ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेकोले त्यस्ता
रोगको समयमै पहिचान गरी रोकथाम र निराकरण गर्न प्रदेश भित्रका अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य संस्थामार्फत् दुई हजार दुई सय पचास रुपैया बराबरको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको बजेट वक्तब्यमा छ । बजेट कति लाग्छ ? उल्लेख छैन ।

७.‘एक माध्यमिक विद्यालय, एक नर्स’ः– किशोर किशोरीको स्वास्थ्य सेवा प्रवद्र्धन तथा परामर्श र प्राथमिक उपचार सेवा प्रवाह गर्ने उद्देश्यकासाथ सञ्चालित यो कार्यक्रमलाई आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश भित्रका दशजोड दुई अध्यापन गराउने सबै विद्यालयमा विस्तार गरिएको छ । सो कार्यक्रमको लागि रु. ३०
करोड ७४ लाख विनियोजन गरिएको उल्लेख छ ।

८.‘व्यवस्थित सहरी सडक पूर्वाधारः आधुनिक विकासको आधार’ः– भन्ने नारालाई साकार पार्न सहरी तथा सहरोंन्मुख क्षेत्रमा व्यवस्थित सहरी सडक निर्माण गर्दा अनिवार्यरुपमा सडक बत्ती, सौन्दर्यकरण, हरियाली, व्यवस्थित फुटपाथ, साइकल लेन तथा बगैंचा निर्माण गर्नुपर्ने कानूनी व्यवस्था गरिने बताइएको छ । यसमा पनि बजेट उल्लेख छैन ।

९.‘नियमित मर्मत सम्भारः दिगो सडकको आधार’ः– सडक तथा सडक संरचनाको आयु बढाउन सो नारा अनुरुप प्रादेशिक सडकको नियमित, पटके, आवधिक तथा आकस्मिक मर्मत सम्भारको लागि रु. ३५ करोड १५ लाख विनियोजन गरिएको छ ।

१०.‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ः– यस नारामा बागमती प्रदेश सरकार प्रदेशवासीलाई स्वच्छ खानेपानी र गुणस्तरीय सरसफाई सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको दाबी छ । सो प्रतिवद्धता कार्यन्वयनलाई मूर्तरुप यस अभियानलाई निरन्तरता दिने र आगामी आर्थिक वर्ष खानेपानी तथा सरसफाई सम्बन्धी नीति र आवश्यक कानून तर्जुमा गर्ने सरकारको योजना छ ।

११.‘नदी व्यवस्थापन सहित जमीन उकास’ः– जल उत्पन्न विपद्को जोखिममा रहेका क्षेत्रमा प्राथमिकताका आधारमा जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र सो नाराको लागि गुरुयोजनामा समावेश भएका नदीमा तटबन्धन निर्माण लगायत अन्य आधुनिक प्रविधिको प्रयोगमार्फत् विपद् जोखिम
न्यूनीकरण गर्ने सरकारको योजना छ । जसअन्तर्गत् मेलम्ची ईन्द्रावती एकीकृत संरक्षण कार्यक्रमको लागि रु. एक करोड बजेट व्यवस्था गरेको वक्तव्यमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*