‘हामीलाई ५ करोड चाहिँदैन: दीपक सिंह

साझाकुरा
२०८० असार ६, बुधबार ०९:५७

हेटौंडा- मकवानपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले सरकारसँग पैसा नभएको अवस्थामा सांसदलाई छुट्याइएको ‘सांसद विकास कोष’को बजेट नचाहिने बताएका छन् ।सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ‘सांसद विकास कोष’ खडा गरेर प्रतिसांसद ५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सिंहले मंगलबार प्रतिनिधिसभामा बोल्दै अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलाई पनि त्यसका लागि आग्रह गरेका छन् । ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो चाहिँदैन ।,’ उनले भने ।‘आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि हामीलाई दिनुभएको त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ । यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरु सांसदहरुको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५
करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो । सरकारमा रहेका पार्टीले दिने कि नदिने हो ? नयाँले त दिने भनिसके ।’, उनले भनेका छन् । सिंहले काठमाडौं–हेटौंडा सुरुङमार्गका लागि बजेट व्यवस्था गर्न आग्रह गरे ।

सरकारसँग पैसा छैन भने सो परियोजनाका लागि जापान सरकारसँग शून्य दशमलव ५ प्रतिशतमा अनुदान पाउन सकिने उनले बताए । यो सुरुङमार्गको भौगोलिक अवस्थाको अध्ययन जापानको हाज्मा कम्पनीले गरिसकेको उल्लेख गर्दै यो परियोजना सुरु भयो भने बिहार र युपीका पर्यटक आउन पनि नजिकको दुरी पर्ने उनले बताए । यस्तै उनले हेटौंडामा रहेको कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने कुरा बजेटमा राखिएको बताउँदै यी कारखाना कसरी सञ्चालन गर्ने ? भन्दै प्रश्न गरे । नेपालमा कपास उत्पादन बन्द गर्ने तर, कपडा उत्पादनका लागि विदेशबाट धागो ल्याउने कुरा गलत निर्णय भएको सिंहको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*