कैलाशले ल्यायो ४८ करोड ५९ लाखको बजेट

साझाकुरा
२०८० असार ११, सोमबार ०९:५७

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले आइतबार ४८ करोड ५९ लाख ७५ हजार ६ सय ८० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष बालकुमार मल्लले १२ औं गाउँसभामा पालिकाको आर्थिक वर्ष २०८०÷०८० को लागि उक्त बजेट सार्वजनिक गरेका हुन् । उपाध्यक्ष मल्लले गाउँसभाको प्रस्तुत गरेको बजेट आइतबार १२ औं गाउँसभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको छ ।

पालिकाको पारित बजेट आर्थिक वर्ष २०७९÷०८० को भन्दा करिब २ करोड ५६ लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०७९÷०८० को लागि पालिकाले ५१ करोड १५ लाख ९८ हजारको बजेट सार्वजनिक गरेको थियो । पालिकालाई संघीय सरकारबाट अनुदानमार्फत् ३८ करोड २५ लाख १६ हजार ५ सय ११ रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार १ सय ६९ रुपैयाँ प्राप्त भएको छ । यसैगरी आइतबार पारित बजेटमा आन्तरिक राजश्व, घरजग्गा रजिष्ट्रेसन दस्तुर, दहत्तरबहत्तर करलगायत गरी १ करोड ६२ लाख अनुमानित आय रहेको जनाइएको छ ।

यस्तै पालिकाले सडक तथा झोलु·े पुल निर्माण गर्न ६ करोड ७९ लाख २२ हजार, भवन तथा शहरी विकासतर्फ १ करोड १३ लाख ७० हजार, शिक्षातर्फ ९७ लाख १३ हजार, विद्युततर्फ ३० लाख, स्वास्थ्यतर्फ २३ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २२ लाख, युवा तथा खेलकुद विकासतर्फ २५ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ३० लाख बजेट विनियोजन गरेको छ ।

यसैगरी विद्युततर्फ ३० लाख, बिज्ञान, सूचना तथा सञ्चार प्रविधितर्फ १० लाख बजेट छुट्याइएको छ पालिकाले कृषि क्षेत्रमा ३६ लाख ४ हजार, पशुपंक्षी विकासतर्फ ३० लाख ४१ हजार, घरेलु तथा लघु उद्योगमा ६ लाख, पर्यटन विकास तथा प्रवद्र्धनमा ३० लाख, सहकारीतर्फ २ लाख, सिचाइतर्फ १४ लाख ५० हजार बजेट विनियोजन गरेको छ । पालिकाले वातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रुपैयाँ बजेट निर्धारण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*