प्रदेशसभामा एमाले र राप्रपाको अवरोध ‘बजेटले राजधानी हेटौंडालाई उपेक्षा ग¥यो’

साझाकुरा
२०८० असार १३, बुधबार ०९:०५

हेटौंडा- बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रमक बनेको छ । मंगलवार प्रदेशसभाको बैठक सुरु हुनसाथ एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले बजेटको विरोध गर्दै बैठक अवरुद्ध ग¥यो ।नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको बजेटलाई जनता विरोधी भन्दै दुई दलले नाराबाजी गरेका थिए । प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले ल्याएको बजेटमा धेरै जनता विरोधी काम राखिएको आरोप लगाएका हुन् । सरकारले सडक निर्माण र डिप बोरिङको लागि भन्दै ५ लाखको बजेट विनियोजन गर्नु निकै लज्जास्पद विषय भएको भन्दै उनले यस्ताखालको विषय प्रदेश सरकारको लाजको विषय भएको बताए ।

थपलियाले प्रदेश राजधानी हेटौंडालाई अघिल्लो कार्यकालमा सत्तापक्ष, प्रतिपक्षले दुवैले पास गरेको भन्दै राजधानीलाई किन उपेक्षा गरिएको ? भन्दै प्रश्न गरे । ‘वडाअध्यक्षहरु कालो झण्डा देखाउन बाहिर तयार
छन् । के यो मुख्यमन्त्री र मन्त्रीले थाहा पाउनु भएको छ कि छैन ? प्रदेश राजधानीको विषयमा गठबन्धन अझै अन्योल छ । उनले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेल भएको
आरोप लगाए ।

यस्तै, हेटौंडा अस्पतालका कर्मचारी निकाल्ने प्रयास बजेटमार्फत् भएको भन्दै उनले जनताको स्वास्थ्यमाथि खेलवाड भएको बताए । सरकारले ल्याएको बजेटलाई ‘गैरजिम्मेवार’ भन्दै सो बजेट पास गर्नु जनतालाई धोखा दिनु रहेको बताए । मुख्यमन्त्री शालिकराम जमरकट्टेल र केही मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको एमालेको आरोप छ । त्यसैले संघीयता विरोधी बजेटलाई कुनै पनि हालतमा पास हुन नदिने उनले चेतावनी दिए ।
‘धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा मात्र कुल विकास बजेट ७ अर्बको हाराहारिमा देखिन्छ । यो भन्दा अझ बढी छ,’ थपलियाले भने, ‘सिन्धुपाल्चोक र नुवाकोट समेतको गर्दा कुला २१ प्रतिशत बजेट मात्रै तीन जिल्लामा विनियोज भएको देखिन्छ ।’

थपलियाले मेलम्ची नगरपालिकामा मात्रै २८ करोड ६५ लाख बजेट विनियोजन भएको भन्दै अन्य जिल्लामा बजेट किन विनियोजन भएन ? भनेर प्रश्न गरे । उनले हेटौंडा उपमहा नगरपालिकामा हुँदै नभएको वडामा बजेट विनियोजन भएकोमा आपत्ति जनाए । थपलियाले प्रश्न गरे, ‘हेटौंडा उपमहानगरपालिमा २० नम्वर र २१ नम्वर वडा कहाँ छ ? १९ वटा मात्रै वडा होइन र ? १ करोड बजेट विनियोजन गरेको छ, थपलियाल भने, हुँदै नभएको वडामा बजेट विनियोजन गर्दा सरकार के हेरियो ? के टाईप गरियो ?

राजनीतिक मान्छे नभ्याउन सकिन्छ तर, कर्मचारीतन्त्र खोई ? कोबाट खटनपटन हुन्छ’ ? उनले प्रश्न गरे ।थपलियाले विगतलाई दोष दिएर वर्तमान विगार्न पाईदैन भन्दै आक्रोश पोखे । सत्तापक्ष भइसकेपछि बहुमत भइहाल्छ र बजेट पास गर्छौ भन्ने धेयले राखेर बजेट ल्याएको हो भने उनल कुनै पनि हालतमा प्रतिपक्षले पास गर्न नदिने चेतावनी दिए । सरकारले बजेट विनियोजन गर्दा प्रदेशको अर्थतन्त्र, सामाजिक आवश्यकता, विकास लक्ष्य, आवधिक योजना, अर्थव्यस्थाको लक्ष्य, आर्थिक व्यवस्थाको समृद्धिलाई प्रोत्साहन गर्नुपर्नेमा बजेटमा नसमेटिएको आरोप लगाए ।

एमाले र राप्रपाले बैठक अवरुद्ध गरेपछि मंगलवारको बैठक साँझ पौने ६ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारुढ दल तथा प्रतिपक्ष दलको बैठक कुनै निष्कर्षमा नपुगेपछि बैठक स्थगित भएको हो । बैठकमा बजेटको बिषयलाई लिएर बुधबार पनि विरोध गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*