श्रृंखला सिरोहिया परिवारको बुहारी बन्न लागेकी हुन् ?

साझाकुरा
२०८० असार १३, बुधबार ०९:३०

हेटौंडा- पूर्वमिस नेपाल श्रृंखला खतिवडा मिडिया व्यवसायी सम्भव सिरोहियासँग प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चलिरहेको छ ।उनीहरुको इंगेजमेन्ट समेत भइसकेको गाईंगुईं पनि सुनिएका छन् । तर, दुवैका तर्फबाट आधिकारिक जानकारी दिइएको छैन । पारिवारिक स्रोतका अनुसार श्रृंखला चाँडै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको परिवारमा बुहारी बनेर भित्रिने तयारीमा छिन् । विवाहको विषयमा दुवै पक्षका परिवारबीच आपसी सहमति भइसकेको स्रोतको भनाइ छ । अध्ययनका लागि अमेरिकामा रहेकी श्रृंखला केही दिनअघि नेपाल फर्किएकी थिइन् । यसैबीच सम्भव सिरोहियाका भाइ अनुभव सिरोहियाको इंगेजमेन्ट सम्पन्न भएको छ, जसमा श्रृंखला पनि सहभागी भइन् ।

सम्भव र श्रृंखला ‘कपल’को हिसाबले इंगेजमेन्टमा प्रस्तुत भएका थिए । सिरोहिया परिवारको तस्वीरमा पनि श्रृंखला अटाएकी छन्, जहाँ उनी सम्भवको आडमा देखिन्छिन् । यो तस्वीरले उनी सिरोहिया परिवारको हिस्सा बनिसकेको संकेत गर्छ । यति मात्र होइन, अनुभवकी हुनेवाला पत्नी मयंका राणाले श्रृंखलाको खुट्टा छोएकी थिइन् । यो दृश्यले चाहिँ सम्भव र श्रृंखलाको इंगेजमेन्ट भइसकेको हो कि भन्ने अड्कल गर्न सकिन्छ । आखिर मयंकाले श्रृखंलाको खुट्टा छोएर किन ढोगिन् ? यसको उत्तर पाउन पर्खर्नु पर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*