हेटौंडा अस्पताललाई साढे ८८ लाखको सामग्री हस्तान्तरण

साझाकुरा
२०८० असार १४, बिहीबार १०:३२

हेटौंडा-रोटरी क्लब अफ मकवानपुरले मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालका लागि स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण गरेको छ ।मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देस्यले बिबिध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण कार्कीले बताए । बिभीन्न सामग्रीहरु ८८ लाख ६० हजार रुपैयाँका सामान हस्तान्तरण गरिएको हो ।

यसमा हेटौंडा उपमहा नगरपालिका सहित बिभिन्न देशमा रहेका रोटरिएनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इको कार्डियो मेशिन हस्तान्तरण गरेको हो । सामग्री सहयोग गरेपछि हेटौंडा अस्पतालमा मुटु सम्वन्धी उपचार गर्नुपर्ने बिरामीका लागि सहज भएको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए । रोटरीले अस्पतालका लागि टीएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण गर्नुअघि पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराइएको थियो । अस्पतालको सेवामा थप टेवा पु¥याउने उदेस्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कार्कीले बताए । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*