६ नम्बर वडाबाट विद्यालयलाई प्रोजेक्टर सहयोग

साझाकुरा
२०८० असार १६, शनिबार १२:१२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयद्वारा यहाँको एक विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको छ । हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयलाई ४ थान प्रोजेक्टर सहयोग गरेको हो । वडा कार्यालयको चालु आव. २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोजेक्टर सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रोजेक्टर सहयोग गरेका हौं, कम्युप्टर हस्तान्तरण गर्दै वडाअध्यक्ष विष्णु बहादुर दाहालले भने–‘हामी वडामा रहेका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउँछौं ।’ विद्यालयलाई प्रोजेक्टर प्रदान गरेकोमा खुशी छौं, विद्यालयका प्राचार्य रमेश लामिछानेले भने– ‘अघिल्लो बर्ष प्रदेश सरकारले २० वटा ल्यापटप उपलब्ध गराएको थियो ।

अब हामीलाई २० वटा ल्यापटप, १५ वटा प्रोजेक्टर र १० वटा सिसि क्यामेराको आवश्यकता छ, यति भयो भने विद्यालय प्रविधिमैत्री बन्छ ।’प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष दाहाल, वडासदस्य विजय पौडेल, लेखराज ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, वडासचिव आमोदप्रसाद मैनाली, विद्यालयका लेखापाल कृष्ण मानन्धर, सञ्चारकर्मी भमिसेन पौडेलल गायतको सहभागिता थियो । विद्यालयमा करिव १ हजार विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*