विपक्षीको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित
हेटौंडा- विपक्षी दल नेकपा एमाले र राप्रपाको अवरोधपछि बागमती प्रदेशसभाको आइतबार राखिएको बैठक स्थगित भएको छ ।अपरान्ह ४ बजे सुरु भएको बैठकमा एमाले र राप्रपासहित दलका सांसदहरुले संसदमा नाराबाजी गरेपछि साढे ५ बजेका लागि बैठक स्थगित गरिएको थियो । सभामुख भुवनकुमार पाठकले साढे ५ बजेलाई बोलाएको बैठकका सम्बन्धमा सत्तापक्ष र विपक्षी दलहरुको सहमति हुन नसकेपछि बैठक आज सोमबारसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख पाठककाअनुसार प्रदेशसभा बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । सभामुख पाठकले आज पनि सरकारको तर्फबाट प्रतिपक्षहरुसँग वार्तालाभ गरी सहमति टुंग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा संचालन हुने बताए ।आइतबार अपरान्ह ४ बजे बैठक प्रारम्भ हुना साथ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले बोलेपछि सत्तापक्ष नेपाली कांग्रेसकी सांसद मायादेवी शर्माले बाल्ने क्रममा नेकपा एमालेसहित राप्रपा दलका सांसदहरुले नाराबाजी गरेका थिए ।
१ असारमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याइएको बजेटमाथि गत मंगलवारबाट छलफल सुरु गर्न बैठक बोलाइएको थियो । तर , मंगलवार तीन चरणसम्म बैठक बोलाएर पनि नेकपा एमाले र राप्रपाको अवरोधपछि प्रदेश शभा बैठक बुधवार बिहान राखिएको थियो । बुधवार पनि एमाले र राप्रपाको अवरोधका कारण बैठक स्थगित भएको थियो ।
नेमकिपा संसदीय दलका नेता गोसाईंले बैठकमा सम्बोधन गर्दै प्रदेश सरकारले ल्याएको बजेटमा सांसदहरुको असन्तुष्टि रहेको बताए । बजेटमा विभिन्न खालका बेथितीहरु रहेको बताउँदै बजेटमार्फत प्रदेशवासीहरुको हकहित तथा विकासको आकांक्ष पुरा हुन नसकेको भन्दै बजेट संसोधन गर्न सुझाव दिए ।
‘यो बजेट वक्तव्यमा आए जस्तै प्रजातान्त्रिक छ त रु दलका नेताहरुले दाबी गरेझै समाजवाद उन्मुख चरित्रको छ त रु’, सांसद गोसाईंले प्रश्न गरे, ‘प्रतिपक्षले भनेको छैन स्वयंम सत्ता पक्षका सांसदहरुले पक्षपातको पोको भयो भनेर भन्दै गर्दा विपक्षीले के भन्दा सहजै अनुमान गर्न सकिन्छ ।’,
सांसद गोसाईले सत्तामा पुगेपछि आफुलाई मालिक ठान्ने प्रवृद्धि प्रजातान्त्रिक नभएको टिप्पणी गरेका छन् । सत्तामा गएपछि आँखाले नदेख्ने, जनता नदेख्ने, विपक्षी नदेख्ने परिपाटी रहेको भन्दै नमकिपा पार्टी सैद्धान्तिक रुपमा बजेटको विपक्षमा रहेको बताए । बजेट भनेको लुकटपाटको अर्को नाम होकी भन्ने जनताको बुझाई रहेको र बजेटलाई जुवाको खेल ठान्दै आएको हो भने एउटा अखडामा गएर खेल्न उनले आग्रह गरे ।
आइतबारसहित तीन दिन बजेटको छलफलका लागि बैठक राखिएको छ । तर, तीन वटै बैठकमा प्रतिपक्षले बोलेपछि अवरुद्ध गरिँदै आएको छ । यसअघि मंगलबारको बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र बुधवारको बैठकमा राप्रपाको दलका नेता उद्धव थापाले बोलेपछि बैठक अगाडि बढाउने क्रममा अवरोध गरिएको थियो ।