हेटौंडा एकेडेमीमा गुरु पूर्णिमामा गुरुसम्मान

साझाकुरा
२०८० असार १९, मंगलवार ११:४७

हेटौंडा- हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी आवासीय विद्यालयमा गुरु पूर्णिमाको अवसरमा सोमबार विशेष कार्यक्रम सहित गुरुसम्मान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।विद्यालय क्याप्टेन निङमा लामाको सभाध्यक्षता तथा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा एकेडेमी सोसल क्लबको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले समाजमा नकारात्मक सोचका व्यक्तिहरुको संख्या बृद्धि
भइरहेको भन्दै सकारात्मक सोचसहितको जनशक्ति उत्पादन अबको आवश्यकता भएको बताए । उनले विद्यालयमा संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको भन्दै त्यसतर्फ हेटौंडा एकेडेमी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

हेटौंडा एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत रमेश रिमालले विद्यालयलाई संस्कारयुक्त शिक्षा दिन वार्षिक शैक्षिक पात्रो नै तयार गरेर सबैखाले अतिरिक्त क्रियाकलाप गराउँदै विद्यालय अगाडि बढेको बताए । विद्यालयका प्रधानाध्यापक गौरीदेवी चिमरियाले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा क्षमता अभिबृद्धि गर्न विद्यालय दत्तचित्त भएर लागेको बताए ।

विद्यालयमा रहेका ५० जना सक्रिय शिक्षकसहित ८० जना गुरुहरुलाई विद्यार्थीहरुले खादा ओढाएर मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रममा बालमैत्री स्थानीय शासनको लागि गठित विद्यालयस्तरीय बालक्लबका अध्यक्ष सुरज चौरसियालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*