मकवानपुरका आमेथले अन्तर्राष्ट्रिय फुटबल खेल्दै

साझाकुरा
२०८० असार १९, मंगलवार ११:५२

हेटौंडा- मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरुहुने ३० औ दोनोस्टी कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०२३ मा खेल्ने अबसर पाएका छन् । स्पेनको दोनोस्टी सिटीमा आयोजना हुने नौ बर्ष मुनिका खेलाडीबीच हुने अन्डर नाईन खेलमा रुम्बाले सिडि ईन्टरनेशनल क्लबबाट खेल्ने मौका पाएका हुन् । उनी फरवार्ड प्लेयर पोजिसनका खेलाडी हुन् ।

सिडि ईन्टरनेशनल क्लबले रुम्बाको रनिङ, खेलको क्षमता र बलियो शरीर देखेका कारण क्लबमा छात्रबृत्ति दिएर प्रशिक्षण गराएको छ ।उनको खेलक्षमताको आधारमा छोटो समयमै क्लबमा अनुबन्धित भएर दोनोस्टी कप इन्टरनेशनल फुटबल प्रतियोगितामा छनोट भएको उनका बुबा अशोक रुम्बाले बताए । बाबुको ईच्छा पनि फुटबलमै भएका कारण आफूले सोही क्षेत्रमा लगाएर अगाडि बढाएको रुम्बाले बताए ।

मंगलबार रुम्बाको टिमले पेरिसको न्यु ओरल्यास क्लबसँग पहिलो खेल खेल्ने छ । दोनोस्टी सिटिको एलिना स्टेडियममा जुलाई ३ देखि ९ सम्म चल्ने प्रतियोगिता अन्तरगत मंगलबारको खेल नेपाली समय अनुसार साँझ आठ बजे सुरु हुने तालिका रहेको छ ।

प्रतियोगीतामा एसिया, अमेरिका, युरोप र अफ्रिका गरी २७ राष्ट्रका खेलाडीको सहभागिता रहने जनाइएको छ । आमेथ नेपाली, हिन्दी, अग्रेजी, स्पेनिष्ट र दोनोस्टीको बाईस भाषा समेत राम्रै बोल्ने गर्दछन् । मकवानपुरको मनहरी गाँउपालिकास्थित हाँडीखोला–३ पालदमार स्थायी घर भएका आमेथ बुबाको रोजगारी शिलशिलामा स्पेन बस्दै आएका छन् । उनी भबिष्यमा राम्रो अन्तर्राष्टिय खेलाडीका रुपमा छाउने पक्का छ । आमेथका बुबा अशोक सिनक्युकेसिन कराते गण्डकी प्रदेश संयोजक एवं पर्यटन व्यवसायी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*