हेटौंडा अस्पताललाई ८९ प्रतिशत अंक

साझाकुरा
२०८० असार २२, शुक्रबार ०९:१७

हेटौंडा-न्यूनतम सेवा मापदण्ड मापनका आधारमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले ८९ प्रतिशत अंक ल्याएको हो । स्वास्थ्य निर्देशनालय हेटौंडाले गरेको मापदण्ड अनुसार अस्पतालले चालू आव ०७९÷८० मा ८९ प्रतिशत अंक ल्याएको हो । अस्पतालले गत आवमा ८० प्रतिशत अंक ल्याएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. किशोर बन्जाडे नेतृत्वको पर्यवेक्षक टोलीले गरेको मापनअनुसार अस्पतालले प्रशासन र व्यवस्थापन तर्फ ९२ प्रतिशत, क्लिनिकल व्यवस्थापनमा ९० प्रतिशत, अस्पताल सहयोग सेवातर्फ ८३ प्रतिशत अंक ल्याउँदै समग्रमा ८९ प्रतिशत ल्याएको छ ।अस्पतालले फोहोर व्यवस्थापन, सुरक्षा, स्टोर, क्यान्टिन, फार्मेसी सेवा र थेरापी सेवा सुधार गर्नुपर्ने सूचकले देखाएको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको सभाध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा र निर्देशनालयका फार्मेसी अधिकृत प्रकाश दुलालले प्रस्तुतिकरण गरेका थिए ।कार्यक्रममा अस्पतालका डा. हरि खड्का, पत्रकार प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका विभिन्न शाखाका प्रतिनिधि, हेटौंडा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि, अस्पतालका स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेकोथियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*