हेटौंडाबाट १६ लाख बराबरको सुनसहित साह पक्राउ

साझाकुरा
२०८० असार २२, शुक्रबार ०९:१९

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब १६ लाख मूल्य बराबरको अवैध सुन बरामद गरेको छ । प्रहरीचौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायबनिरीक्षक मन्जुकुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलीले बिहिबार बिहान ४ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित सडक खण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा १ सय ७५ ग्राम ०३ मिलिग्राम सुन बरामद भएको मकवानपुरका प्रहरी नायबउपरीक्षक एबम् प्रबक्ता टेकबहादुर कार्कीले बताए ।

प्रबक्ता कार्कीका अनुसार सुन सहित १ जनालाई नियन्त्रणमा लिइएको हो । काठमाडौंबाट बीरगंजतर्फ आउँदै गरेको बागमती प्रदेश ३९००१ ख १८०३ नं को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ बस्ने वर्ष ३३ को सन्तोष साह सोनारले अबैध भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको अवस्थामा सुनको ब्रास्लेट तीन थान र ससानो टुक्रा तीन थान गरी १ सय ७५ ग्राम ०३ मिलिग्राम फेला परेको प्रबकता कार्कीले बताए ।

सुनको अन्दाजी बजारमूल्य १६ लाख ६८ हजार ६ सय ६६ रुपैयाँ रहेको कार्कीले बताए । सोनारलाई सुन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रवक्ता कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*