मनहरीको बजेट ९० करोड रुपैयाँ

साझाकुरा
२०८० असार २३, शनिबार १४:५१

हेटौंडा- मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा १३ औँ अधिवेशन अन्तर्गतको दोस्रो वैठकले वजेट
पारित गरेको हो । उपाध्यक्ष सीता पुलामी मगरले प्रस्तुत गरेको कुल ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपैयाँ ६६ पैसाको वजेट सभाले पारित गरेको हो ।

गाँउपालिकाले सुशासन, संस्थागत विकासतर्फ १४ करोड २९ लाख १२ हजार ८ सय ७३, आर्थिक विकासतर्फ ४ करोड ३० लाख, सामाजिक विकासतर्फ ३० करोड २३ लाख ५९ हजार, पूर्वाधार विकासतर्फ ३२ करोड ६४ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड २५ लाख, वडागत बजेटतर्फ ७ करोड ५० लाख रहेको छ ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष रंजन कालाखेती, वडाअध्यक्षहरु, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु लगायत गाँउपालिकाका बिभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*