दुग्ध उत्पादन तथा पशुपालनमा ६९ वटा योजना कार्यान्वयन

साझाकुरा
२०८० असार २४, आईतवार ११:३७

हेटौंडा-कृषि तथा पशुपंछी विकास मंत्रालयअन्र्तगत हेटौंडास्थित नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजना विकेन्द्रित आयोजना सहयोग इकाईको कार्यालयले ६९ वटा योजना कार्यान्वयन गरेको छ ।कुल ५६ करोडको लागतमा दुग्ध उत्पादन त्यसको विविधिकरण तथा पशुपालन क्षेत्रको विकास, संरक्षण तथा पूर्वाधारको निर्माणमा ६९ वटा उपआयोजना सम्पन्न गरेको हो । नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजना विकेन्द्रित आयोजना सहयोग इकाईको कार्यालय हेटौंडाले मकवानपुरसिहत सात जिल्लामा उपआयोजना विगत पाँचवर्षमा सम्पन्न गरेको हो ।

यसरी आयोजना संचालन हुने सात जिल्लामा मकवानपुर, काठमाडौ, काभे्र, चितवन, धनुषा, शिरहा र सप्तरी रहेका छन् । विश्व वैंकको वैदैशिक ऋण सहुलीयत कार्यक्रमअन्र्तगत पाँचवर्ष अगाडि अर्थात २०७५÷७६ मा सुरु भएको सो आयोजनाको हेटौंडामा रहेको कार्यालय अन्र्तगतको एक सय १८ वटा उपआयोजना संचालन गर्नुपर्ने लक्ष्य रहेको थियो ।

तर आयोजनका लागि परेका निवेदनमध्ये ७५ वटा सहकारी संस्थासंगँ सम्झौता भएको थियो । आयोजना पछि सम्झौता अनुसार ६९ वटा उपआयोजना मात्र सम्पन्न भएको कार्यालयका प्रमुख विदुर गौतमले जानकारी दिए । सम्पन्न भएका आयोजनामा ४६ करोड भुक्तानी भइसकेको छ भने १० करोड भुक्तानीको प्रक्रियामा रहेको उनले बताए । आयोजना स्थापनाको सुरुमा सहकारी संस्थासगँमात्र सम्झौता गर्ने कार्यक्रम थियो । तर, पछिल्लो समय निजी तथा व्यावसायीक फर्म पनि आयोजना संचालनका लागि आवेदन दिन सुरु गरेपछि ३९ वटा थप उपआयोजना सुरु गरिएको वताइएको छ ।

सहकारी ६९ वटा तथा निजी व्यावसायीक फर्म ३९ वटा गरी कूल एकसय आठवटा उपआयोजना पूरा हुने लक्ष्य रहेको छ । सो एकसय आठवटा उपआयोजनामा दुग्ध उत्पादन, प्रशोधन, दुग्ध विविधिकरणको उपकरण निमार्ण, दुग्ध भवन निमार्ण, पशुपालन, गोठ सुधार, गोठ भवन निमार्ण, खशी तथा बाख्रापालन र त्यसको पूर्वाधार निमार्ण, खसीवोका खरीद वजार भवन निमार्ण र पशुस्वास्थ्य उपचार शाखा भवननिर्माणलगायत अनुगनम निरीक्षण तथा सचेतनामूलक कार्यक्रम संचालन, घाँस उत्पादन, कृषि सहकारी संस्थाको पहिचान, अनुदान वितरण, प्रोत्साहन, तालिम र वजारीकरण लगायत कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

इकाईको कार्यालय हेटौंडाको सहयोग तथा लगानीमा रहेका ६९ वटा उपआयोजनामध्ये १४ वटा सहकारी संस्था अहिले उद्योगमा परिणत भइसकेको छ । चारदशक अगाडि स्थापना भएका ती १४ वटा सहकारी संस्थाहरु उक्त आयोजनाको सहयोगमा उद्योगमा परिणत भएको गौतमको भनाई रहेको छ । यो ठुलो उपलव्धी हो उनले भने ।

यसरी उद्योगमा परिणत हुने सहकारी संस्थामा मनकामना दुग्ध उत्पादक सहकारी संस्था मकवानपुर, वेथानचोक दुग्ध उत्पादक सहकरी संस्था काभे्र, देवनगर दुग्ध उत्पादक सहकारी संस्था भरतपुर, गौरीगंज दुग्ध उत्पादक सहकरी संस्था भरतपुर, गौरीधारा दुग्ध उत्पादक सहकारी संस्था चितवन, पिव्वा दुग्ध सहकरी संस्था चितवन, कालिका कृषि सहकारी संस्था जनकपुर , साईकृषि सहकारी संस्था रुपनी सप्तरी, रामनगर सानाकिसान कृषि सहकारी संस्था लहान, नमूना महिला वहुदेश्यीय सहकारी सस्था दक्षिणकाली, वालासुन्दरी सानाकिसान कृषि सहकारी संस्था भगवानपुर सिरहा, जनचेतना अभियान कृषि सहकारी संस्था धनुषा तथा पञ्चामृत वहुदेश्यीय सहकारी संस्था चितवन रहेका छन् ।

सहकरी संस्थावाट दुग्धपदार्थको विविधिकरणमा गई उद्योगमा परिणत भएपछि कारोवारमा समेत वढोत्तरी भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका संचालक अर्जुन दाहालले वताए । आयोजनको सहयोगमा आफ्नो सहकारीले चारसय भन्दावढी किसानवटा दुग्ध खरीद गरी दुध, दही,घयु, पनिर, छुर्पीलगायत सामग्री उत्पादन गरी विक्री सुरु गरेको बताए ।

पशुपंछी विकास मन्त्रालय अन्र्तगतको आयोजनाको ललितपुरमा मुख्य कार्यालय रहेको छ भने वुटवल, पोखरा, हेटौंडा, विराटनगरमा आयोजना इकाई रहेको छ । चारवटा इकाई कार्यालयअन्र्तगत २८ जिल्लामा पाँचसय ५५ वटा उपआयोजना सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको मंत्रालयका कृषिअर्थविद् सुशील खड्कोले जानकरी दिए । विश्व वैंकको सहयोगमा संचालित आयोजनाको कार्यकाल पाँचवर्ष मात्र रहेको छ । आयोजनको केही कार्यहरु पुरा गर्न समय लाग्ने भएकोले आउँदो असारसम्म आयोजना रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*