हेटौडा कोरा साइकलिङ हुने

साझाकुरा
२०८० असार २९, शुक्रबार ११:४८

हेटौंडा- साइकल राइडर्सहरुको रुपमा रहेको हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हेटौंडामा हेटौंडा कोरा साइकलिङ च्यालेन्ज हुने भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै क्लबका सदस्य विपिन ताम्राकारले कोरा साइकलिङबारे जानकारी गराएका थिए ।

सन् १०१८ देखि निरन्तर कोरा साइकलिङ गर्दै आइरहेको क्लबले ३० गते विहान ६ हेटौंडाको हुप्रचौरबाट सुरु भई भुटनदेवी मन्दिर परिक्रमा गरी मेनरोड, पिपलबोट हनुमान मन्दिर, चौकीटोल, जलेश्वर मन्दिर हुँदै वनस्खण्डी, सानोपोखरा लट्टिनाथ, भैरवरोड चिल्ड्रेन पार्क हुँदै भुवनेश्वर पशुपतिनाथ, कमलडाडा गुम्बा हुदै सिमेन्टरोड गुम्बा, कुष्माण्ड सरोवर त्रिवेणी धाम, मयुरधाप हेटौंडा १४, पदमपोखरी हेटौंडा–१३ हुदै भोले हेटौडा–१२ नँया राप्ती पुल मानदमार हुदै नवलपुर थानाभ¥याङ, राप्ती पुल गोरक्षश्वर मन्दिर हुँदै राप्तीरोड र अन्तमा बुद्धचोकमा जम्मा भई कार्यक्रम सकिने क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

सहभागि राइडर्सलाई मेडल, प्रमाणपत्र, उपहार पनि प्रदान गरिने उनले बताए । यात्रा अवधीभर मेडिकल टिम, मेकानिकल टिम, साथै स्वयंसेवक पनि साथै रहने जनाइएको छ । करिब ५० किमि दुरी तय गरिने यो यात्राको सुरुवातमा नास्ताका साथै बीचबीचमा वाटर रेस्ट विभिन्न टोलमा स्वागत कार्यक्रमहरु पनि रहने छ भने खाना खाने हेटौंडा १३ पदमपोखरीमा रहने छ । यो रुटमा हेटौंडा नगरका सेरोफेरो, बस्ती भित्रका हरियाली बेतबाटा, गल्लीहरु र मनोरम दृश्य हेर्न पाईने अध्यक्ष ताम्राकारले बताए ।

कार्यक्रमको मुख्य प्रायोजक गेण्ट वाईसाइकल रहेको छ भने सहप्रायोजकमा हेटौंडा–२ मा रहेको निको अस्पताल प्रालि रहेको जनाइएको छ । कार्यक्रममा सहभागी हुन १०० को फर्म भरी सहभागी हुन सकिनेछ । आयोजकले जनाएको छ ।

फर्म भर्न लक्ष्मण साइकल स्टोर्स मेनरोडमा असार २९ गते सुक्रवार साझ ७ बजेसम्म सम्पर्क गर्न सकिनेछ । कार्यक्रममा स्तरीय टि–सर्ट बिहानी नास्ता, खाना तथा रमाइलो नाचगानको कार्यक्रम पनि रहने छ । कार्यक्रमको उपहार बाहेक लगभग तीन लाख ७० हजार खर्च रहने अनुमान आयोजकको रहेको छ । कार्यक्रममा करिब २ सयले सहभागिता जनाउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*