भानु जयन्तीमा ‘बिर्खे अन्जान’ सम्मानित

साझाकुरा
२०८० असार ३१, आईतवार १०:१९

हेटौंडा- २१० औं भानु जयन्तीको अवसरमा पालुङ जेसीजले साहित्यकार लक्ष्मण वर्तौला ‘बिर्खे अन्जान’ लाई सम्मान गरेको छ । साहित्यकार बर्तौलालाई थाहा नगरपालिकालाई साहित्यको माध्यमबाट राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै सम्मानित गरेको हो । साहित्यकार अन्जानले मकवानपुरको उत्तरीक्षेत्रमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा लामो समयदेखि सक्रिय रही विशेषतः समालोचना, मुक्तक, कवितालेखनमा महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

साहित्यकार बिर्खे अन्जानलाइ प्रमुख अतिथि थाहा नगरपालिका उपप्रमुख भरत गोपाली र पालुङ जेसीजका संस्थापक अध्यक्ष पुर्शोत्तम ढकालले भादगाउँले टोपी, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । थाहाका साहित्यकार अन्जानले यस अगाडि युवावर्ष मोति पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने बिशिष्ट युवा प्रतिभा पुरस्कार २०८० प्राप्त गरिसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित अञ्जान मूलतः युवाकवि हुन् । यसका अतिरिक्त समालोचना र कथा पनि उनले लेख्दै आएका छन् । पालुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अजय कार्की, उपाध्यक्ष दीपा बल, निवर्तमान अध्यक्ष जयराम खत्री, वर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की, संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्वअध्यक्ष मनोज रायमाझी, मोटिभेसन स्पिकर जयबहादुर मल्ल, सुभारम्भ कृषक समूहका अध्यक्ष बिक्रम बिष्टलगायत उपस्थित रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*