परिवर्तनकारी शक्तिको रुपमा उदाउने कमल थापाको उद्घोष

साझाकुरा
२०८० श्रावण १, सोमबार ११:५५

हेटौंडा-राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य संघीय गन्तव्यको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य भएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिवर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढतासमेत ब्यक्त गरे । मुलुकको सम्पूर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचाररुपि महारोगले मुकुकको सबै अ·लाई क्षतबिक्षत् पारेको बताए ।

विदेशी हस्तक्षेप र प्रभाव ना·ो रुपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिवर्तनको डढेलोबाट मुकुक आक्रान्त भएको चर्चा गर्दै थापाले न्यायालय जस्तो पबित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानु बिडम्बनापूर्ण भएको टिप्पणी गरे । थापाले काण्डैकाण्डको पिरामिडमाथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जान ढिला गर्न नहुनेमा जोड दिए ।

भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनको आयोजनामा विरोध प्रदर्शन गर्ने निर्णयसमेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ (टुकोन)का अध्यक्ष हिक्मतज· भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*