पालुङ सहकारीको नाफा चार करोड नाघ्यो

साझाकुरा
२०८० श्रावण ५, शुक्रबार १०:०९

हेटौंडा-थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले चार करोड भन्दा बढी नाफा आर्जन गरेको छ ।आर्थिक बर्ष २०७९÷८० को असार मसान्तसम्म कर अगाडि संस्थाले ४ करोड ४१ लाख नाफा गर्न सफल रहेको संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । साथै, संस्थामा १० हजार ५ सय ५४ सेयरसदस्य
पुगेको र ऋणी सदस्य ३५ सय रहेको बताउदै संस्थाको कुल बचत ६२ करोड रुपैयाँ रहदा ऋण लगानी ९० करोड पुगेको जानकारी दिए ।

गत आर्थिक वर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो । थाहा नगरपालिका वडा न ४ थानाबजारमा मुख्य कार्यालयरहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा सेवाकेन्द्र खोली सेवा दिदै आइरहेको छ । हाल संस्थाले ऋण तथा बचत, लघुबित्त सेवा, रासायनिक मल बिक्री वितरण लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी, कोल्ड चेम्बर, कृषि तथा पशु प्राविधिकसेवा प्रदान गर्दै आइरहेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।

हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझी बताउँछन् ।रायमाझीका अनुसार संस्थाले ईन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, कनेक्ट आइपिएस सेवा, रेमिटेन्स सेवा सहित मानवसंसाधन विकासअन्तर्गत राष्ट्रिय तथाअन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए ।

स्थापना कालदेखि नै शेयर सदस्यलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आएको सस्थाले यस वर्ष पनि सहकारी संस्थाले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश प्रदान गर्ने सम्भावना रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्तिमा १८ प्रतिशत बोनस दिन सक्षम भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*