मातृभूमि साहित्य समाजद्वारा ५ स्रस्टा सम्मानित

साझाकुरा
२०८० श्रावण ६, शनिबार ११:५१

हेटौंडा-मातृभूमि साहित्य समाज मकवानपुरले एकैथलोमा ५ जना व्यक्तित्वलाई शुक्रबार पुरस्कार सहित सम्मानित गरेको छ । शुक्रबार पल्पसा सदनमा आयोजित कार्यक्रममा ५ जना स्रष्टालाई सम्मानीत गरिएको हो । समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरेको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।

यसैगरी समाजले १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई प्रदान गरेको छ । यस्तै ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित गरेको छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

यस्तै १५ हजार राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिएको छ । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका सेवानिबृत्त शिक्षक रामचन्द्र आचार्य ‘फुर्सती’ र महिलातर्फ अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीलाई प्रदान गरिएको छ ।
झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।
पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ ।

मातृभूमि साहित्य समाजका अध्यक्ष माधब पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा त्रिभुवन बिश्वविद्यालयका प्रा.डा. गोबिन्दराज भट्टराई रहेका थिए । महालक्ष्मी विकास बैंकले मातृभूमि साहित्य समाजसँगको सहकार्यमा स्थापना गरेको महालक्ष्मी साहित्य पुरस्कारको २१ औं सस्करण प्रा.डा. भट्टराईलाई शनिबार प्रदान गरिने भएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र साहित्यकार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*