नेविसंघद्वारा वृक्षरोपण र डस्टबिन वितरण

साझाकुरा
२०८० श्रावण ६, शनिबार ११:५५

हेटौंडा-नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा सामाजिक उत्तरदायित्वको कार्य गरेको छ ।नेविसंघ मकवानपुरले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१३ मा वृक्षरोपण तथा डष्टबिन वितरण गरेको हो । पदमपोखरीको बाढाचौर मिनि पार्कको सुन्दरता र सरसफाई रहने विश्वास गरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको सहयोगमा डष्टबिन वितरण गरी ५० भन्दा बढी बिरुवा रोपिएको थियो । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको विशिष्ट आतिथ्यता थियो ।

नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष शुसन रुम्बाको सभाध्यता रहेको कार्यक्रममा हेटौंडा–१३ का वडाअध्यक्ष पेम्बा लामा, नेविसंघ जिल्ला सचिव सुनिल बोम्जन, नेविसंघ जिल्ला सदस्य शोहित ढकाल, विनोद थिङ, नेपाली कांग्रेस जिल्ला सदस्य राजकुमार वाईबा, धीरेन्द्र लामा (धिरेन), कालू घलान, क्षेत्रीय सहसचिव सानुकान्छा दोङ, नेविसंघका नेता मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो । नेविसंघले बीपी कोइरालाको सम्झनामा आज शनिबार मकवानपुरगढी–४, स्थित मनकामना सामुदायिक वनमा वृक्षरोपण र साँझ हेटौंडाको बुद्धचोकमा दीपप्रज्वलन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*