बागमतीका सबै अस्पताललाई निःशुल्क सेवाबारे निर्देशन

साझाकुरा
२०८० श्रावण ६, शनिबार ११:५६

हेटौंडा- बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पताललाई अनिवार्य १० प्रतिशत बेड निःशुल्क गर्न निर्देशन जारी गरेको छ ।
प्रदेशका अस्पतालहरुमा १० प्रतिशत बेढ निःशुल्क उपलब्ध गराउन प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो । प्रदेशका काठमाडौं उपत्यका, चितवन, हेटौंडा, सिन्धुलीलगायतका क्षेत्रमा रहेको अस्पतालले अनिवार्य रुपमा बेडमा १० प्रतिशत निःशुल्क नगरेको गुनासो थियो ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुका शैयामध्ये १० प्रतिशत शैया निःशुल्क रुपमा उपलब्ध गराउनका लागि निर्णय गरेलगत्तै कार्यान्वयनका लागि निर्देशन दिइएको छ ।‘संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो निर्णय गरेर कार्यान्वयनमा ल्याएपछि बागमती प्रदेश सरकारले पनि कानूनमा भएको बिषयलाई कार्यान्वयनमा ल्याउनका लागि थप निर्देशन जारी गरेको हो । अस्पतालमा विपन्न, असहाय, वेवारिसे बिरामीका लागि निःशुल्क रुपमा बेढ उपलब्ध गराउनका लागि निर्देशन दिइएको हो । त्यसैगरी अस्पताल परिसरमा केही अस्पतालले सवारी पार्किङ शुल्क लिएको गुनासोपछि मन्त्रालयले निःशुल्क पार्किङको व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*