३ नम्वर वडाद्वारा खेलकुद सामग्री वितरण

साझाकुरा
२०८० श्रावण ७, आईतवार ११:३९

हेटौंडा-मनहरी गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले खेलकुद सामग्री सहयोग उपलब्ध गराएको छ ।वडाभित्र रहेका ७ वटा क्लबलाई खेलकुद गतिविधि निरन्तर सञ्चालनका लागि बल लगायतका सामग्री वितरण गरिएको हो । क्लबलाई फुटबल, जर्सी, जुत्ता लगायतका खेल सामग्री दिइएको हो । सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले युवालाई खेलक्षेत्रमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

‘खेल क्षेत्रमा गाउँपालिकाका धेरै खेलाडीले अन्तराष्ट्रियस्तरमा नाम कमाएर हाम्रो शीर ठाडो पार्न मद्दत पु¥याएका छन् ।उनीहरुलाई संधै अघि बढाउन हामी लागि पर्नेछौँ’, उनले भने । ८ नम्बर वडाका वडाअध्यक्ष नारायण उप्रेतीले युवालाई खेलकुद सामग्री वितरण गरेर ३ नम्बर वडाले सुनौलो काम गरेको भन्दै प्रशंसा गरे । युवा वडाअध्यक्षले युवाको हितमा सोचेको कामले सार्थकता पाउने उनको भनाई छ ।

कार्यक्रमका सभाध्यक्ष एवं ३ नम्बर वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले सबै खेलाडीलाई खेलक्षेत्रमा उर्जाका साथ मिहिनेत गर्न आग्रह गरे । आफू पनि सानैदेखि खेल क्षेत्रमा अग्रसर भएर पनि बाध्यतात्मक अवस्थाले यस क्षेत्रमै अघि बढ्न नसकेको दुःखेसो अर्यालले सुनाए । कार्यक्रममा एफसी खुमलटारबाट ‘ए’ डिभिजन लिग खेल्न सफल ३ नम्बर वडाका आशिष मुक्तानलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*